निर्भयाकी आमाले भनिन्, ‘छोरीका अपराधी फाँसीमा झुण्डिएको हेर्न चाहन्छु, अदालतसँग अनुमती माग्नेछु’
निर्भयाका अपराधीको डेथ वारेन्ट जारी हुँदा पूरा भारतीय जनता खुसी छन् । उक्त खबरपछि निर्भयाकी आमा आशादेवी खुसी नहुने कुरै छैन । आशादेवीले आफ्नी छोरीका अपराधीलाई फाँसीमा झुण्डिएको हेर्ने इच्छा भएको बताएकी छिन् ।
भारतीय मिडियासँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो एउटा मनको इच्छा छ । सायद यो कानूनी रुपमा सम्भव हुन सक्दैन तर म एकपटक पक्कै पनि प्रयास गर्नेछु । म आफ्नी छोरीका अपराधीलाई आफ्नो आँखा अगाडि झुण्डिएको हेर्न चाहन्छु । यसका लागि जेल प्रशासन र अदालतसमक्ष निवेदन दिनेछु ।’
यता दिल्लीको द्वारका सेक्टरस्थित उनको अपार्टमेन्टको दृश्य मंगलबार भिन्न थियो । अदालतबाट निर्भयाका परिवार फर्किने प्रतिक्षामा अपार्टमेन्टका मानिसहरु तीन घण्टासम्म बाटो हेरेर बसे र राती साढे ९ बजे जब उनीहरु घर फर्किए तब मानिसहरुले उनीहरुलाई ताली बजाएर स्वागत गरे । उनीहरुले क्यान्डल मार्च पनि निकाले । मानिसहरुले सरकारसँग अपार्टमेन्ट अगाडिको चौबाटोको नाम निर्भया चोक राख्ने माग पनि गरे । मानिसहरु राती १२ बजेसम्म त्यहाँ बसिरहे । निर्भयाका परिवारले मानिसहरुलाई धन्यवाद दिँदै घर फर्किन आग्रह गरेपछि भीड त्यहाँबाट फर्किएको बताइएको छ ।
आशादेवीले भनिन्, ‘अपार्टमेन्ट बाहिर मानिसहरुले एउटा ब्यानर पनि राखेका छन् । यसमा लेखिएको छ, ‘जबसम्म निर्भयाका चारै अपराधीलाई फाँसी हुँदैन तबसम्म त्यो स्थानमा हरेक रात ८ बजे मैनबत्ती र्याली निकालिनेछ । मानिसहरुको प्रेम देखेर मेरो आँखामा आँसु आयो । बिहानैदेखि फोन र म्यासेज आइरहेका छन् । न्यायको लडाईंमा साथ दिनेहरुका लागि मसँग कुनै शब्द छैन । मेरो वास्तविक लडाईं अपराधीलाई फाँसी दिएपछि सुरु हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति
-
नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक
-
अदालतको आदेश छल्न ‘ब्याकडेट’को निर्णय !
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
सञ्जय दत्तले दिए गायिका स्मितालाई शुभकामना
-
मुख्यमन्त्री लामा र स्वीस राजदूत म्युलीबिच भेटवार्ता