शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

बिहीबार, २४ पुस २०७६, १८ : ०७
बिहीबार, २४ पुस २०७६

काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका-६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र बहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका-३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् । 
हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

साथै उनीहरुले २०६४ सालमा दुई व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएकोमा ज्यान मार्ने उद्योगमा ४ बर्ष जेल सजाय र २०७१ सालमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगमा २०७३ सालमा धादिङमा ७ महिना र नुवाकोटमा ४ महिना सजाय भोगेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप