बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयल निगमको स्वर्णजयन्तीमा रक्तदान

बिहीबार, २४ पुस २०७६, १९ : ५१
बिहीबार, २४ पुस २०७६

काठमाडौं । नेपाल आयल निगमको ५०औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

आयल निगमले स्वर्णजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ११३ जनाले रक्तदान गरेको रक्तदान समितिका संयोजक विकास बखतीले जानकारी दिए ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले रक्तदान जीवनदान भएको बताउँदै यस कार्यलाई मानवजीवनका लागि अत्यन्तै मानवीय, परोपकारी तथा सकारात्मक रूपमा लिनुपर्ने बताए ।

सोही अवसरमा कार्यकारी निर्देशक पौडेलले नेपालमै सबैभन्दा धेरैपटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्य र समाजसेवी वीरसिंह कङ्साकारलाई सम्मान गरेका थिए । कर्माचार्यले यसभन्दा पहिला १६० पटक रक्तदान गरेका थिए । आयल निगमको ५०औँ वार्षिकोत्सव आगामी शनिबार हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप