बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार ह्यारी र मेगनको शाही परिवारसँग जोडिएको यो निर्णयको खास कारण के हो ?

शुक्रबार, २५ पुस २०७६, १२ : २८
शुक्रबार, २५ पुस २०७६

ब्रिटेनकी महारानी एलिजाबेथका नाती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले शाही परिवारको वरिष्ठ सदस्यको पदबाट अलग्गिने बारे घोषणा गरे । ड्युक र डेचज अफ ससेक्सले उनीहरु अब ब्रिटेन र उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने पनि बताए ।

ह्यारी र मेगनका एक छोरा पनि छन् । आर्ची । यसका साथै यो जोडीले आफूहरुले शाही परिवारमा एउटा ‘प्रगतिशील’ र ‘नयाँ भूमिका’ बनाउन चाहेको र ‘आर्थिक रुपमा आत्मनिर्भर’ पनि हुन चाहेको बताएका छन् ।

यस्तो निर्णयको पछाडि के कारण हुनसक्छ ?

ह्यारी र मेगनले यो निर्णय थुप्रै महिनाको आन्तरिक कुराकानी र विचार–विमर्शपछि लिएको जानकारी दिए ।

ड्युक र डचेज अफ ससेक्सको यो निर्णयको एउटा झलक मानिसहरुले गत वर्ष अक्टोबरमा नै पाएका थिए । त्यतिबेला यी दुई अफ्रिकाको यात्रामा थिए र उनीहरुमाथि एउटा टिभी डकुमेन्ट्री पनि बनाइएको थियो ।

उक्त डकुमेन्ट्रीमा मेगनले शाही जीवन उनका लागि निकै मुश्किल भएको स्विकार्दै जतिबेला पनि मिडियाको निगरानीमा बस्न तयार नभएको पनि बताएकी थिइन् ।

आफ्ना बेलायती साथीहरुले टेबलोइड (पत्रिका) ले उनको जीवन ध्यस्त पार्नसक्ने चेतावनी दिएको मेगनले बताएकी थिइन् ।

पहिले नै इशारा दिइसकेका थिए ह्यारी र मेगनः

उक्त डकुमेन्ट्री त्यतिबेला छायांकन गरिएको थियो जब मेगन भर्खरै आमा बनेकी थिइन् । शाही परिवारको नयाँ सदस्य भएपछि हुने तनावबाट कसरी जुधिरहेकी छिन् भनेर उनलाई प्रश्न सोध्दा जवाफमा भनेकी थिइन्, ‘मैले निकै अघि एच (ह्यारी) लाई बाँच्नु मात्रै  पर्याप्त नहुने बताएकी थिएँ । जीवनको उद्देश्य बाँच्नु मात्रै होइन । तपाईं निरन्तर अघि बढ्नुपर्छ ।’

उक्त डकुमेन्ट्रीमा राजकुमार ह्यारीले आफ्नो मानसिक स्वास्थ्य र तनावबारे पनि कुराकानी गरेका थिए । ह्यारीले आफ्नो मानसिक स्वास्थ्यमा लगातार ध्यान दिइरहनु पर्ने बताएका थिए ।

राजकुमार ह्यारी र मेगनको यो निर्णयबारे बीबीसीका शाही संवाददाता जोनी डेमण्डले एक शाही जोडीको रुपमा यस्ता थुप्रै काम थिए जुन ह्यारी र मेगनले फिटिक्कै सहन नसकेको दाबी गरे । राजकुमार ह्यारी मिडियाको क्यामरालाई पूर्ण रुपमा घृणा गर्दथे र स्पष्ट रुपमा शाही कार्यक्रममा दिक्क हुन्थे ।

गत वर्षको अन्त्यमा राजकुमार ह्यारीले आफूले श्रीमती मेगनसँग मिलेर एक पत्रिकाविरुद्ध कानूनी कारवाही गर्ने योजनामा भएको बताएका थिए । उनको दाबी अनुसार उक्त पत्रिकाले गैरकानूनी रुपमा मेगनको एउटा नीजि पत्र सार्वजनिक गरेको थियो । यस्तै, पत्रिकाले आफ्नो खबरप्रति कायम भएको बताएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

“After many months of reflection and internal discussions, we have chosen to make a transition this year in starting to carve out a progressive new role within this institution. We intend to step back as ‘senior’ members of the Royal Family and work to become financially independent, while continuing to fully support Her Majesty The Queen. It is with your encouragement, particularly over the last few years, that we feel prepared to make this adjustment. We now plan to balance our time between the United Kingdom and North America, continuing to honour our duty to The Queen, the Commonwealth, and our patronages. This geographic balance will enable us to raise our son with an appreciation for the royal tradition into which he was born, while also providing our family with the space to focus on the next chapter, including the launch of our new charitable entity. We look forward to sharing the full details of this exciting next step in due course, as we continue to collaborate with Her Majesty The Queen, The Prince of Wales, The Duke of Cambridge and all relevant parties. Until then, please accept our deepest thanks for your continued support.” - The Duke and Duchess of Sussex For more information, please visit sussexroyal.com (link in bio) Image © PA

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

त्यतिबेला ह्यारीले रिसमा भनेका थिए, ‘मैले अतितमा आफ्नी आमा गुमाइसकेको छु र अब म आफ्नी श्रीमतीलाई त्यही शक्तिको शिकार भइरहेको देखिरहेको छु ।’

आफ्नी आमा राजकुमारी डायनाको सन् १९९७ मा कार दुर्घटनामा भएको अचानक मृत्युबारे कुरा गर्दै राजकुमार ह्यारीले भने, ‘मैले देखेको छु, मेरो प्रिय व्यक्तिलाई कसरी एक वस्तुको रुपमा पेश गर्न थालियो जसका कारण मानिसहरुले उनलाई एक जिउँदो व्यक्तिलाई झैं व्यवहार गर्न छाडेका थिए ।’

यसबारे अन्य शाही परिवारले के भने ?

बीबीसीलाई प्राप्त जानकारी अनुसार बुधबार बेलुकी जब राजकुमार ह्यारी र मेगनले आफ्नो बयान जारी गरे तब त्यसअघि उनीहरुले शाही परिवारका कुनै पनि सदस्यसँग सर–सल्लाह गरेनन् । यहाँसम्म कि महारानी र प्रिन्स अफ वेल्सलाई पनि यसबारे जानकारी दिएनन् ।

बकिंघम राजदरबारकी एक प्रवक्ताले बीबीसीसँगको कुराकानीमा शाही परिवार राजकुमार ह्यारी र मेगनको निर्णयबाट निराश भएको बताइन् । प्रवक्ताले भनिन्, ‘ह्यारी र मेगनसँग यसबारे भइरहेको कुराकानी सुरुवाती चरणमा थियो । उनीहरुले भिन्न बाटो रोज्ने उनीहरुको इच्छा हामी बुझ्न सक्छौं तर यो एउटा जटिल मुद्दा हो र यो सुल्झिन समय लाग्नेछ ।’

बीबीसीका शाही संवाददाता जोनी डेमण्डका अनुसार परिवारका अन्य सदस्यसँग सर–सल्लाह नगरेका कारण कुरा थप जटिल बन्ने आशंका छ ।

बीबीसी संवाददाताले यसलाई स्पष्ट रुपमा ह्यारी–मेगन र शाही परिवारका अन्य सदस्यबीचको एउटा ठूलो मतभिन्नताको रुपमा हेर्न सकिने बताएका छन् ।

अरुको कस्तो छ प्रतिक्रिया ?

बकिंघम प्यालेसका पूर्व प्रेस अधिकारी फिसर डिक्की आर्बिटरले राजकुमार ह्यारीको यो निर्णयको तुलना सन् १९३६ मा एडवर्ड–८ को त्यो निर्णयसँग गरेका छन् जब उनले दुईपटक सम्बन्धविच्छेद भइसकेकी भेलिस सिम्पसनसँग विवाह गर्नका लागि शाही गद्दी छोडेका थिए ।

उनले भने, ‘यद्यपि, यसअघि एकपटक मात्र यस्तो भएको छ र हालै कसैले पनि यस्तो कदम उठाएका छैनन् ।’

मेगनले बुधबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो निर्णयसँग सम्बन्धित बयान सेयर गरेकी थिइन् । यो पोष्टले अहिलेसम्म १४ लाख २७ हजार २ सय ६६ बढी लाइक पाइसकेको छ ।

यो पोष्टमा मानिसहरुको विभिन्न प्रतिक्रिया आइरहेका छन् । यद्यपि, धेरैले नकारात्मक कमेन्ट नै गरेका छन् ।

एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘यो तपाईंहरु दुईजनाको लागि राम्रो हो ।’

अन्य एक प्रयोगकर्ताले लेखे, ‘यसबाट थाहा हुन्छ कि अमेरिकीहरुमा राज परिवारको हिस्सा बन्ने हिम्मत नै हुँदैन ।’

टिभी प्रस्तोता पियर्स मोर्गनले ह्यारीलाई शाही परिवार र उनका दाइ प्रिन्स विलियम्ससँग अलग गर्नका लागि मेगनलाई दोषी ठहराए ।

पत्रकार र लेखिका केटिलिन मोरेनले ट्वीट गरे, ‘ह्यारी र मेगन अब डलर कमाउन सक्छन् र नराम्रोसँग अपरिभाषित शाही कामबाट मुक्त हुनसक्छन् । गत वर्षपछि योभन्दा बढी समझदारीयुक्त निर्णय अरु के नै गर्न सकिन्थ्यो र ?’

अमेरिकी लेखिका तथा संस्कृति समीक्षक मिकी केन्डले ट्वीट गरे, ‘ह्यारीले न त ताज चाहन्थे न नै कुनै उपाधि । उनी यसबारे निकै अघिदेखि स्पष्ट थिए । यो मेगन उनको जीवनमा आउनुभन्दा निकै अघिको कुरा हो । शाही गद्दीको लाइनमा ह्यारी छैटौं स्थानमा छन् । यसअघि प्रिन्स चार्ल्स, प्रिन्स विलियम्स र उनका तीन सन्तान छन् । ’

अर्की एक अमेरिकी लेखिका जेनेट मकले मेगनको फिर्तीलाई स्वागत गरेकी छिन् ।

अब के होला ?

शाही जोडीले अब आफूहरु युके र उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने र एउटा नयाँ परोपकारी संस्था सार्वजनिक गर्ने बताएका छन् ।

यो परोपकारी संस्था कहाँ हुनेछ र कहाँ सार्वजनिक गरिनेछ भन्ने बारे स्पष्ट जानकारी दिएका छैनन् ।

गत वर्षको क्रिसमसपछि ह्यारी र मेगनले शाही कामकाजबाट लामो अवकाश लिएका थिए र क्यानडाको ब्रिटिश कोलम्बियामा समय बिताएका थिए ।

राजकुमार ह्यारी र मेगनको पहिलो शाही भ्रमण सेन्ट्रल लण्डनस्थित क्यानडाका उच्चायोगसँग भएको थियो जहाँ उनीहरुले क्यानडामा भएको स्वागतका लागि मानिसहरुलाई धन्यवाद दिएका थिए ।

टोरोन्टो लाइफ म्यागजिनले भनेको छ, ‘अमेरिकामा काम गर्ने बेला टोरोन्टो मेगनका लागि दोस्रो घर सरह बनेको थियो । टोरोन्टोमा उनको जेसिका र बेन मलरोनीजस्ता नजिकका साथीको घर पनि थियो ।’

ह्यारी र मेगन क्यालिफोर्नियामा उनीहरुको आमासँग पनि केही समय बिताउने अनुमान गरिएको छ ।

मेगनका पिता टोमस मर्केल मेक्सिकोमा बस्छन् र मेगनसँग उनको निकै कम सम्पर्क हुन्छ ।

ह्यारी र मेगनको नयाँ काम हेर्ने हो भने हालैका वर्षमा ड्युकले अफ्रिकामा संरक्षणमा ध्यान दिइरहेका छन् । साथै उनी सुरक्षाबलका घाइते सदस्यका लागि खेल पनि आयोजना गरिरहेका छन् । मेगनको कामकाज पनि बढिरहेको छ । उनी नेशनल थिएटर र च्यारिटी स्मार्ट वर्क्समा पनि संलग्न भएकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप