सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु एक हजारले सुनको मूल्य घटेको थियो ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ३०० पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा रु १५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु ८८५ पुगेको छ ।
नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० निर्धारण गरेको थियो ।
सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९।९५ र चाँदीको मूल्य प्रतिऔँस १७।९२ अमेरिकी डलरमा झरेको छ ।
विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३।५० अमेरिकी डलर पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’