शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफैलाई कन्चटमा गोली हानेर प्रहरी हबल्दारले गरे आत्महत्या

आइतबार, २७ पुस २०७६, १० : २५
आइतबार, २७ पुस २०७६

जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । 

आइतबार बिहान ७ बजेतिर उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए ।

घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप