शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतकी महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष वार्ता हुँदै

आइतबार, २७ पुस २०७६, १० : ३६
आइतबार, २७ पुस २०७६

बेलायतकी महारानी र ड्युक अफ ससेक्सबीच सान्द्रीङ्घममा सोमबार प्रत्यक्ष वार्ता  हुने कार्यक्रम निश्चित भएको छ । राजकुमार ह्यारी र डचेज अफ ससेक्सको भविष्यमा राजदरबारसँगको कस्तो सम्बन्ध र भूमिका हुनेछ भन्ने विषयमा छलफल गरिने बताइएको छ ।

बीबीसीका अनुसार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्यक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्स पनि उक्त छलफलमा समावेश हुने अनुमान छ ।

ड्युक र डेचज अफ ससेक्सले राजदरबारको ‘वरिष्ठ सदस्य’ को पदबाट आफू हटेको घोषणा गरेका थिए ।

बीबीसीका संवाददाता जोनी डाइमण्डले उक्त छलफलपश्चात् यो जोडीको राजपरिवारसँगको नयाँ सम्बन्धबारे छलफल हुने बताइएको छ ।

डाइमण्डले छलफलको निष्कर्षका लागि अझै थप अड्चन भएको बताएका छन् ।

मेगन र ह्यारीले आर्थिक रुपमा स्वतन्त्र हुन अब काम गर्ने घोषणा गरेपछि विभिन्न छलफलपश्चात् महारानले ह्यारीलाई सोमबार भेट्ने कार्यक्रम निश्चित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप