ज्वालामुखीलाई पृष्ठभूमि बनाएर यी जोडीले फिलिपिन्समा गरे विवाह
फिलिपिन्समा आइतबार ज्वालामुखी बिस्फोट हुँदासमेत एक जोडीले आफ्नो विवाहलाई निरन्तरता दिए ।
चिनो र क्याट भाफ्लोरले ताल ज्वालामुखीबाट १६ किलोमिटर टाढा अवस्थित विवाह स्थलमा लगनगाँठो कसे । उनीहरुको विवाहको तस्बिर कैद गरिरहेका फोटोग्राफर र्यानडोल्फ इभानले आकाश माथि उठिरहेको खरानीको मुस्लोलाई उनीहरुको विवाहको पृष्ठभूमि बनाए ।
‘हामी खासमा निकै डराएका थियौं, हामीले काम गरिराख्दा ज्वालामुखीको अवस्थाबारे जानकारी लिन सोसल मिडिया हेरिरहेका थियौं । त्यसकारण हामीलाई यसबारे दिइएको चेतावनी र त्यसको बढ्दो स्तरबारे हामी जानकार थियौं,’ इभानले सिएनएनलाई भने ।
‘स्थिती भयानक भएको अवस्थामा सबै मिलेर के गर्न सकिन्छ भनेर पनि हामीले छलफल गरेका थियौं ।’
इभानका अनुसार सभान्ना फार्म बाई सोलाङ्गेमा आयोजित उक्त विवाह समारोहमा उपस्थित सबैजना यी जोडीले ‘मञ्जुर छ’ भन्ने बेला निकै शान्तपूर्वक हेरिरहेका थिए ।
विवाह समारोह आयोजना भएको स्थलले पनि पृष्ठभूमिमा ज्वालामुखी बिस्फोट भएको यो जोडीको फोटो पोष्ट गरेर ‘विवाह निरन्तर चलिरहेको छ !’ भनेर क्याप्सन पनि राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ