शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार रोक्न कर्मचारीको तलब बढाउनु पर्छ : अख्तियार

सोमबार, २८ पुस २०७६, १६ : १३
सोमबार, २८ पुस २०७६

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । 

सोमबार आयोगले पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो । 

नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो । 

महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण राष्ट्रसेवक कर्मचारीले घुस रिसवत लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप