शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ वर्षमा नोकरले गरेका थिए बलात्कारको कोसिसः आरती सिंहको खुलासामा भाउजु कश्मीराको यस्तो प्रतिक्रिया

मङ्गलबार, २९ पुस २०७६, ०८ : ४९
मङ्गलबार, २९ पुस २०७६

बिग बस १३ की प्रतियोगी आरती सिंहले आफूमाथि १३ वर्षको उमेरमा बलात्कारको कोसिस भएको खुलासा कार्यक्रममार्फत् गरेकी छिन् । उनको यस्तो बयान सुनेर अन्य प्रतियोगीसमेत अचम्मित भएका थिए । आरतीको यो खुलासामा उनकी भाउजु कश्मीरा शाहले प्रतिक्रिया दिएकी छिन् ।

पिंकविलासँगको कुराकानीमा कश्मीराले भनिन्, ‘म निकै दुःखी छु । कृष्णा र मलाई यसबारे केही थाहा थिएन । आरतीसँग कुरा गरेपछि नै मैले यसबारे थप भन्न सक्छु । यो कुरा सुनेर मलाई निकै दुःख लागेको छ । आरतीले हामीलाई पहिले नै यसबारे बताएको भए हुन्थ्यो । जसले उनलाई यस्तो गर्‍यो, त्यसको म ज्यानै लिन्थेँे । मैले सधैं यस्ता पीडितलाई समर्थन गर्दै आएकी छु तर आफ्नै घरमा पीडित भएको कुरा चाहिँ मलाई थाहै थिएन ।’

कश्मीरा आरतीका दाइ कृष्णा अभिषेककी श्रीमती हुन् ।

आरतीलाई नोकरले गरेका थिए बलात्कारको कोसिसः

कार्यक्रममा छपाकको समूह जब प्रामोशनका लागि आएको थियो तब आरतीले उक्त घटनाबारे खुलासा गरेकी हुन् । उनले भनेकी थिइन्, ‘१३ वर्षको उमेरमा मलाई नोकरले घरमा बलात्कारको कोसिस गरेका थिए । म यो कुरा पारसलाई भन्न चाहन्थेँ किनभने उनी मलाई संवेदनशील लागेको थियो । मैले पारसलाई म एक्लै सुत्न सक्दिनँ भनेकी थिएँ र आज पनि म सुत्ने बेला सधैं ढोकामा चुकुल लगाएरै सुत्छु । यसबारे बताउँदा मेरो हात काँमिरहेको छ । यो कार्यक्रम थुप्रै युवतीले हेर्छन् त्यसकारण यो प्लेटफर्मलाई प्रयोग गरेर कसैमाथि उत्पीडन भएको भए आवाज उठाउन आग्रह गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप