बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

मङ्गलबार, २९ पुस २०७६, १८ : ४५
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं– सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । 

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजार (२०,०००) सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । 

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।  

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप