गोरु जुधिरह्यो, दर्शक चिच्याइरहे : तस्बिरमा हेर्नुहोस् नुवाकोटको गोरुजुधाई
नुवाकोट । नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्षपनि गोरु जुधाएर रमाइलो गर्दै माघेसंक्रान्ति पर्व मनाइएको छ ।
पछिल्लो एक दशकयता तारुकाको गोरुजुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ । यही गोरुजुधाइ प्रतियोगितामा हेर्नकै लागि काठमाडौँसहित विभिन्न जिल्लाबाट मानिसहरु पुग्ने गरेका छन् ।
बुधबार स्थानीय चन्दनीस्थित मैदानमा आयोजित गोरु जुवाइ प्रतियोगितामा यसवर्ष २२ हल गोरु जुधाइएको माघे संक्रान्ति गोरु जुधाइ मेला आयोजक समितिले जनाएको छ ।
कतिपयले पशुलाई जुधाएर रमाइलो गर्नु गलत भन्दै आलोचना गरेपछि यहाँको रौनक भने बेग्लै थियो । गोरु जुध्दै गर्दा दर्शकहरु आफूले पक्ष लिएको गोरुको पक्षमा चर्को हुडिङ गर्दै चिच्याउँदै गरेको देखिन्थ्यो । गोरुहरु आपसमा जुधेर हारजित हुँदा दर्शकहरु कोही निराश देखिन्थे त केही आफूले पक्ष लिएको गोरुले जितेको भन्दै उत्साहित देखिन्थे । बलिया बहर गोरु जबरजस्त जुध्दा उपस्थितहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
नुवाकोट, माघे संक्रान्ति र गोरु जुधाइ प्रतियोगिताको ऐतिहासिक सम्बन्ध रहेको छ । नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुँदै आएको बताइन्छ। यद्यपी यो चलन कहिलेबाट शुरु भयो भन्ने ठोस इतिहास भने कतै भेटिँदैन । तर इतिहासलाई हेर्दा विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग यो परम्परा जोडिएको नजिर छ ।
तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको पनि बताइन्छ । बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिका दिन गोरु जुधाइएको किंवदन्ती छ । र त्यसै दिनदेखि प्रत्यक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको भनाइ छ ।
हाल यो कार्यक्रम तारुकाबाट विस्तारित भएर नुवाकोटकै अन्य स्थान तथा धादिङ र रसुवामा समेत हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी