केन्द्रीय संस्करण

आणविक कार्यक्रमबारे बोले इरानका राष्ट्रपति रौहानी

person explore access_timeमाघ २, २०७६ chat_bubble_outline0

एजेन्सी । इरानी राष्ट्रपति हसन रौहानीले मुलुकमा युरेनियम सम्वर्धन गर्ने कुनै सीमा नभएको बताएका छन् । अमेरिकी हवाई हमलामा शीर्ष जनरलको हत्याको जवाफमा २०१५ मा भएको आणविक सम्झौताको पालना नगर्ने इरानको प्रतिक्रिया आएलगत्तै राष्ट्रपति रुहानीले सो प्रतिक्रिया दिएका हुन् ।  सन् २०१५ को सम्झौताको शर्तअनुसार इरानले युरेनियम सम्वर्धन कार्यक्रम रोक्नुपर्ने थियो। 

बिहीबार बैंकका प्रमुखहरूलाई सम्बोधन गर्दै रुहानीले आफ्नो देशको आणविक कार्यक्रम विश्वका शक्तिशाली देशहरूसँगको आणविक सम्झौताको भन्दा राम्रो स्थितिमा रहेको दाबी गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सन् २०१८ मा आणविक सम्झौता रद्द गरेका थिए । 

अमेरिका इरानसँग आणविक कायक्रमका सम्बन्धमा नयाँ सम्झौता चाहन्छ, जसले इरानका आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल कार्यक्रममा अनिश्चितकालीन स्थगन गर्न सकियोस् ।  त्यस बेलादेखि अमेरिकाले इरानको अर्थव्यवस्थामा कडा प्रतिबन्ध लगाएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.