शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामाथि भारतको जित

शनिबार, ०४ माघ २०७६, १० : २३
शनिबार, ०४ माघ २०७६

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । राजकोटमा सुक्रबार राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । यससँगै तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

जितका लागि तीन सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा सवै विकेट गुमाएर तीन सय चार रनममा समेटिएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रन बनाए । मार्नुसले ४६, कप्तान आरोन फिन्चले ३३, एस्टोन अगरले २५ र केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले तीन विकेट लिए । नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रन बनाए । लोकेश राहुलले ८०, कप्तान विराट कोहलीले ७८ र रोहित शर्माले ४२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन तथा केन रिचर्डसनले दुई विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप