सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छः शिक्षामन्त्री पोखरेल
महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।
गौशाला नगरपालिकाले आज आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।
मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई अब विकाससँग गाँसेर अभिभावकलाई पनि शिक्षित पार्दै विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्नेे बताए । यस्ता सम्मेलन देशका ७५३ वटै पालिकामा गर्ने बताउँदै उहाँले सम्मेलनबाट आएका सुझावलाई मनन गरी त्यही अनुरुप शिक्षा प्रणालीको विकास गर्न सक्यौं भने मात्र मुलुक सुखी र समृद्ध हुने विश्वास व्यक्त गरे।
एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने तर्क गरे।
जिल्ला शिक्षा तथा समन्वय इकाइ समितिका प्रमुख शत्रुध्नप्रसाद यादवले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्धि हासिल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल