बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको क्याम्पाडाँडामा महिलाको शव फेला

शनिबार, ०४ माघ २०७६, १७ : ५३
शनिबार, ०४ माघ २०७६

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । 

आज बिहान फेला परेको अन्दाजी २४÷२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनको शव बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो । 

    प्रहरीका अनुसार उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप