मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुन कुराको डरले ट्रम्पले इरानमाथि आक्रमण गरेनन् ?

शनिबार, ०४ माघ २०७६, २१ : ०४
शनिबार, ०४ माघ २०७६

एजेन्सी । जनवरी ३ बिहान सबैरै बग्दादको विमानस्थल बाहिर एक ड्रोन आक्रमण भयो । मिडियाले सुरुमा उक्त आक्रमणलाई त्यति ठूलो घटनाको रुपमा प्रस्तुत गरिरहेको थिएन ।  

तर मर्नेमध्येमा एक जना इरानका शीर्ष कमाण्डर पनि छन् भन्ने सार्वजनिक भयो तब मध्य–पूर्वको राजनीतिक एकाएक गर्मायो । 

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकी कारबाहीमा इरानको विशेष फौज कुद्स फौजका प्रमुख कासिम सुलेमानी मारिएको बताए । सुलेमानी र उनी संबद्ध इरानी सरकारी निकायलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो । 

यो कारबाहीमा इरान समर्थित मिलिसिया कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिस पनि मारिएका थिए । 

सुलेमानीले इरानबाहिरको सैन्य कारबाही हर्न रिभोलुसरी गार्डसले बनाएको निकाय कुद्स फौजको नेतृत्व सम्हाल्थ्ये । संगठन र सुलेमानीलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो । 

यो कारबाहीपछि इरान र अमेरिकामा तनाब चुलिन पुग्यो । जवाफमा इरानले इराकस्थित अमेरिकाको सैन्य आधारमाथि कैयौं मिसाइल आक्रमण गरिसकेको छ । तथापि आक्रमणण्मा हालसम्म कुनै अमेरिकी जवान मारिएका छैनन् । 

इरानको मिसाइल आक्रमणपछि अमेरिकाले कुनै जवाफी कारबाही गरेन । अमेरिकाले कारबाही नगर्नुलाई कैयौं कुरासँग जोडेर हेरियो । यसमा सबैभन्दा दोहो¥याइएको कारण के भने यो वर्ष अमेरिकामा हुन लागेको चुनाव हो । 

इतिहास हेर्ने हो भने अमेरिकी राष्ट्रपति चुनावको समयमा युद्धले सत्तासिन राष्ट्रपतिलाई पुननिर्वाचित गराउने सम्भावना बढाउँछ तर यो पटक युद्धमा जादाँ राम्रो नगर्ने विज्ञले बताइरहेका छन् ।  

युद्ध भड्किएको अवस्थामा इरान तहसनहस होला तर त्यसले अमेरिकी चुनावलाई कति प्रभावित बनाउछ, अमेरिकाको लागि त्यही महतवपूर्ण हुन्छ ।   

अमेरिकी चुनावमा आर्थिक मुद्दा, समाजिक विषयका अतिरिक्त विदेश नीति सबैभन्दा प्रधान हुन्छ । 

‘सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्प प्रशासनको आर्थिक नीति, रोजगार कार्यक्रम र महंगाईका मुद्दाले फाइदा दिनेछ । त्यसबाहेक अल्पसंख्यकको अवस्था, नश्लवादको प्रभाव आदी पनि चुनावी मुद्दा हुनेछ ,’ जवाहरलाल नेहरु विश्वविद्यालय प्रद्यापक चिन्तामणि महापात्रा भन्छन् । 

युद्धबाट ट्रम्पलाई फाइदा पुग्नेछ ?

अमेरिकाको इतिहास हेर्ने हो भने राष्ट्रपति चुनावको दौरान हुने युद्ध वा अन्य ठूलो कारबाहीको फाइदा सत्तासित राष्ट्रपतिलाई पुगेको देखिन्छ । 

अल–कायदा प्रमुख ओसामा बिन लादेनको हत्याको मुख्य फाइदा तत्कालिन राष्ट्रपति बाराक ओबामालाई प्राप्त भयो । अफगानिस्तानको युद्धले जर्ज डब्लू बुस जुनियरलाई दोस्रो कार्यकाल जिताउन सफल भयो । 

अफगानिस्तान युद्धले उनलाई एक बलियो नेता भएको सन्देश प्रसार गरेको थियो । 

फ्रेंकलिन डी. रुजबेल्ट लगातार तीन पटक अमेरिकाको राष्ट्रपति बन्न सक्नुमा तत्कालिन समयमा जारी द्वितीय विश्वयुद्ध पनि थियो । 

त्यसो भए इरानसँग युद्धमा होमिदा डोनाल्ड ट्रम्पलाई फाइदा हुन्छ त ? यो प्रश्नमा प्राध्यापक चिन्तामणी महापात्रा भन्छन् ,‘ यदी चुनावको समयमा कुनै युद्ध सुरु भयो र त्यसमा अमेरिकी सैनिक सामेल छन् भने राष्ट्रपतिय वहसका क्रममा त्यो मुद्दा बाहिर आउनेछ र आतंकवादविरोधी लडाईमा मानिसको समर्थन प्राप्त हुन्छ ।’

प्राध्यापक चिन्तामणी महापात्रा भन्छन् ,‘ इरानमा अमेरिकाको आक्रमणबाट ट्रम्मलाई कुनै लाभ हुदैन तर यो मुद्दामा अमेरिकामा नै राजनीतिक विभाजन सुरु भएको छ । डेमोक्रेटिक पार्टीले ट्रम्पको नीतिको खण्डन गरेका छन् र हाउस अफ रिप्रिजेन्टेटिभमा गैर–बाध्यकारी प्रस्ताव ल्याइएको छ । यसको उदेश्य राष्ट्रपतिको युद्ध घोषाणा गर्न सक्ने अधिकारमाथि अंकुश लगाउनु र लडाई सुरु गर्नुअघि संसदको अनुमती लिइनु हो ।’

‘तर अमेरिकाको आम जनतामा कासिम सुलेमानी मारिएपछि इरानले के गर्ला भन्ने भय थियो र अझै छ । युरोपेली संघका जर्मनी, फ्रान्सजस्ता देशले पनि ट्रम्पको इरान नीतिको समर्थन गरिरहेका छन् । ती राष्ट्र इरानसँग परमाणु सम्झौता कायम रहोस् भन्ने चाहन्छन् । यो परिपेक्षमा हेर्ने हो भने मतदाता राजनीतिक रुपमा जागरुक छन् र अन्तराष्ट्रिय मुद्दालाई सम्झिन्छन् र ट्रम्पविरुद्ध नै जानेछन् ।’ महापात्रा भन्छन् ।

कतै इरानसँग डराएका त छैनन्, ट्रम्प ?

कासिम सुलेमानी मारिएपछि इरानले इराकस्थित अमेरिकी हवाई अखडामाथि हमला ग¥यो । तर पनि अमेरिकाले इरानमाथि कुनै जवाफी कारबाही गरेन । 

पेन्टागनबाट आएको रिपोर्ट ट्रम्पले जनरल सुलेमानीलाई मार्ने फैसला तत क्षण लिएका थिए । 

डोनाल्ड ट्रम्प विगतमा मध्य–पूर्वमा युद्धका विरुद्ध देखिएका थिए । सन् २०१५–१६ को चुनाव अभियानको दौरान ट्रम्पले युद्धले गर्दा ठूलो धनराशी बर्बाद हुने बताएका थिए । 

अमेरिकाको डेलावेयर विश्वविद्यालयका प्रद्यापक मुक्तदर खानले जनरल सुलेमानीलाई मारेपछि ट्रम्पविरुद्ध संसदमा जारी महाभियोगको विषय टीभी कभरेज कम भएको बताए । 

उनी भन्छन् ,‘ अहिले टीभीको ध्यान इरानतर्फमात्र देखिन्छ । यसको साथै रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पप्रतिको समर्थन ९५ प्रतिशत पुगेको छ ।  उता, युक्रेनी विमानलाई झारिदिएपछि इरानभित्र त्यहाँका जनताले सरकारवरुद्ध प्रदर्शनलाई तीव्र बनाए । यसको कारण इरान अमेरिकासँग नयाँ सम्झौता गर्न बाध्य हुन सक्छ । अघिल्लो परमाणु सम्झौताभन्दा बलियो सम्झौता भयो भने त्यो अमेरिकाको लागि जीतजस्तै हुनेछ ।’
‘यदी सम्झौता भएन भने पनि यसको लाभ ट्रम्प चुनाव प्रसारमा लिने कोसिस गर्नेछन् । जनता सामु जादाँ तीभन्न सक्छन्, ओबामाले एक जना लादेन मारेका थिए, मैले त सुलेमानी र बग्दादी दुवैलाई मारे । जो हिस्साको जनता सुरक्षालाई लिएर अत्यन्त चिन्तित छ तिनलाई यो कुरा निक्कै मन पर्नेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप