शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति नेपाली भाषामा प्रकाशित

शनिबार, ०४ माघ २०७६, २२ : ०३
शनिबार, ०४ माघ २०७६

वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ । 
वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गरेका हुन् ।  विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले सो पुस्तकको सार्वजनिकीकरण  गरे ।
पुस्तकमा नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक सङ्गठनका आयाम, मुुलुकको भूू–राजनीतिक अवस्था, यहाँका जात र प्रथा, परिवारिक संरचना र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरु समेटिएका छन् । 
नेपालको राजनीति र सरकार, शिक्षा क्षेत्र, विदेशी सहायता र विकासका बारेमा यथार्थपरक ढङ्गबाट विषयवस्तु प्रस्तुत गरिएको उक्त पुुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका जटिल र सुष्म समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रुपमा ख्याति पाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा जगमान गुुरुङले कुनै समुुदाय विशेषका कारण नभई नेपाली समाजमा राष्ट्र र राष्ट्रियताप्रतिको समर्पण र कर्तव्यवोध कमजोर भएकाले विकासको गतिविधिमा भएको बताए । 
मानवशास्त्री श्रेष्ठले मुुलुक विकासको लामो यात्राका लागि अनुुवाद गरिएको भाग्यवाद र विकास पुुस्तक प्रस्थान विन्दुुको मुहान हुने धारणा व्यक्त गरे ।
कृतिका अनुुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूूलभाव र भाषालाई सकेसम्म उस्तै ढङ्ग र शैलीमा अनुुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको बताए ।  
प्राडा रघुुवीर विष्टले विचारलाई जीवन पद्धतिमा ल्याएर परीक्षण गर्ने व्यक्तिका रुपमा रहेका मानवशास्त्री डोरबहादुर विष्टले मानव विकासलाई विकासको केन्द्र विन्दुुमा राखेर योजना बनाउनुपर्छ भन्नेमा दृढ मत अघि सारेकाे स्मरण गरे । समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जुङले समाजको विकासमा योगदान दिन चाहनेले अब मन्दिर र शिवालयमा नभई शिक्षालयमा लगानी गर्न सुझाव दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप