शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शबाना आजमी चढेको कार ट्रकसँग ठक्कियो

आइतबार, ०५ माघ २०७६, ०७ : ०३
आइतबार, ०५ माघ २०७६

बलिउडकी चर्चित अभिनेत्री सबाना आजमी मुम्बई–पुणे हाइवेमा कार दुर्घटनामा घाइते भएकी छिन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।

उक्त दुर्घटना ६० किलोमिटर टाढा खलापुर नजिकै शनिबार बेलुकी करिब चार बजे भएको हो । रायगढीका एसपी परासकरका अनुसार उनको कार ट्रकसँग ठोक्किन पुगेको हो । उक्त दुर्घटनामा कार अत्यधिक क्षतीग्रस्त भएको छ ।

शबाना आजमी मुम्बई फर्कने क्रममा उनको दुर्घटना भएको हो । महाराष्ट्र ट्राफिक पुलिसका अनुसार शबानाको अनुहार, गर्धन र आँखा वरिपरि चोट लागेको थियो । उनी ड्राइभर सिट नजिकै बसेकी थिइन् ।

पुलिसका अनुसार जावेद अख्तर अर्को कारमा पछिपछि थिए जुन दुर्घटनामा समावेश भएन । हिन्दुस्तान टाइम्सले खलापुर पुलिस स्टेशनका इन्स्पेक्सटर विश्वजीत काइन्जादलाई उद्धृत गर्दै भनेको छ, ‘शबानाको सफारी गाडी उनका ड्राइभरले चलाइरहेका थिए र पछिपछि जावेदको आउडी कार थियो । ड्राइभरले ओभरटेक गर्ने कोसिस गरिरहेको थियो, अगाडि जाने क्रममा ट्रकको पछाडिको भागसँग ठोक्किएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप