बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

आइतबार, ०५ माघ २०७६, ०८ : ४१
आइतबार, ०५ माघ २०७६

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । 

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  भएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । 

उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप