बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशिएका युवाको कथामा ज्ञानेन्द्रले  बनाए ‘विद्रोह’ गीत

आइतबार, ०५ माघ २०७६, १३ : ३१
आइतबार, ०५ माघ २०७६

काठमाडौं । गायक ज्ञानेन्द्र अधिकारीले नयाँ गीत ‘बिद्रोह’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले यो गीत बाहिर ल्याएका हुन् ।  गीतमा विदेशीएका नेपालीहरुको पीडा व्यक्त गरिएको छ ।

एकसमय बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन समेत बसेका गायक अधिकारीले गीतमा रोजगारीका लागि युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएको बताएका छन् ।

गीतमा अधिकारीले रोजगारीको सिलसिलामा अष्ट्रेलिया, युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई स्वदेश फर्कन समेत आह्वान गरेका छन् । गीतको भिडियो सुरेन सृजनले निर्देशन गरेका हुन् भने सम्पादन मनिस कार्कीको रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप