बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफमाथि एनआरटीको जित

आइतबार, ०५ माघ २०७६, १४ : ००
आइतबार, ०५ माघ २०७६

काठमाडौं । स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा एनआरटीलाई जिताउन आन्द्रे थेरीले २४औं, जोर्डन एनडेम्बाले ८० औं र दर्शन गुरुङले ८५औं मिनेटमा गोल गरे । एपीएफका आशिष लामाले ४१ औं र ५३ औं मिनेटमा दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा एनआरटी र एपीएफ दुवैले थप गोलको अवसर गुमाएका थिए ।

एनआरटीका एरिक बिष्ट म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ १२औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप