बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब पटके सुकुम्बासीको अन्त्य हुन्छ : मन्त्री अर्याल

आइतबार, ०५ माघ २०७६, १५ : ४४
आइतबार, ०५ माघ २०७६

कैलाली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन् ।

 भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारी सँगको मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताइन् । 'अब पटके सुकुम्बासीको अन्त्य हुन्छ । सुकुम्बासी एकपटक हुन्छ, पटकपटक हुदैन', मन्त्री अर्यालले बताइन्। सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो ।

भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउँदै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागेको बताइन् । 

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औँ आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको बताइन् । 

सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमि ऐन आठौं संशोधनमार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताइन् ।

भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको कन्सेप्ट ल्याइएको समेत उनले बताइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री विनिताकुमारी चौधरीले भूमि सम्बन्धी सबै समस्या ऐनले सम्बोधन गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप