मेस्सीको निर्णायक गोलमा बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस महारथि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गरेको हो । शीर्ष स्थानमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पारेको छ ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ७६औं मिनेटमा निर्णायक गोल गरे । मेस्सीले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । यसअघि ग्रानाडा ६९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जर्मन सान्चेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा समेटिएपछि ग्रानाडाले बार्सिलोनालाई रोक्न सकेन ।
यसअगि ग्रानाडाले पनि लगातार गोलको अवसर बनाएको थियो । बार्सिलोनाले पनि राम्रा अवसर खेर फालेको थियो । जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले रियललाई गोल अन्तरका आधारमा पछि पारेको छ । रियलको पनि समान ४३ अंक छ । २७ अंक बनाएको ग्रानाडा १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने