शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तानाजीमा जे देखाइएको छ त्यो खतरनाकः सैफ अली खान

सोमबार, ०६ माघ २०७६, ०९ : १५
सोमबार, ०६ माघ २०७६

बलिउडका चर्चित अभिनेता सैफ अली खानले ‘तानाजीः द अनसङ्ग वारियर’ जस्तो फिल्ममा ऐतिहासिक तथ्यलाई जुन तोडमोड गरिएको छ, त्यसलाई खतरनाक बताएका छन् ।

फिल्म क्याम्पेनियनका लागि पत्रकार अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा सैफले आफूलाई उदयभान राठौरको भूमिका निकै आकर्षक लागेकोले त्यो छोड्न नसकेको तर यसमा ‘पोलिटिकल न्यारेटिभ’ परिवर्तन गरिएकोले त्यसलाई खतरनाक बताएका छन् ।

तानाजीः द अनसङ्ग वारियरमा सेफबाहेक अजय देवगनले पनि अभिनय गरेका छन् ।

सैफले अन्तर्वार्तामा भनेका छन्, ‘केही कारणले मैले कुनै स्ट्यान्ड लिन पाइनँ । सायद अर्को पटक भने यस्तो गर्नेछु । म यो भूमिकाका लागि निकै उत्साहित थिएँ किनभने मलाई यो निकै आकर्षक लागेको थियो । तर यो कुनै इतिहास होइन । इतिहास के हो मलाई निकै राम्रोसँग थाहा छ ।’

सैफले भने, ‘यो फिल्ममा कुनै ऐतिहासिक तथ्य छैन । हामी यसबारे कुनै तर्क दिन सक्दैनौं । यो दुर्भाग्य हो कि कलाकार उदारवादी विचारको वकालत गर्छन् तर उनीहरु लोकप्रियतावादबाट माथि उठ्न सक्दैनन् । यो पक्कै पनि राम्रो होइन तर यो साँचो हो ।’

तानाजीमा इतिहासको गलत व्याख्या गरिएको कुरा सैफ स्विकार गर्छन् । उनले कुनै पनि फिल्मको व्यावसायिक सफलतामा इतिहासको गलत व्याख्यालाई उपकरणको रुपमा प्रयोग गरिने प्रचलन भित्रिएको बताएका छन् ।

सैफ अली खानले फिल्म निर्माता कबिर खानसँगको एक कुराकानीको प्रसंग पनि जोडेका छन् । सैफले भने, ‘कबिर खानले एकपटक मलाई भनेका थिए कि उनी खराब अभिनय र स्लो स्क्रिप्टलाई सहन सक्छन् तर व्यावसायिक सफलताका लागि राजनीतिक न्यारेटिभको छुटलाई सहन नसक्ने बताएका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप