शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे मतदान

बिहीबार, ०९ माघ २०७६, ११ : १४
बिहीबार, ०९ माघ २०७६

काठमाडाँ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ । गण्डकीप्रदेशमा २३० मतदाता छन् । टोटल ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहको मतभार १८ र प्रदेश सभाको मतभार ४८ कायम गरिएको छ । गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठसहित चुनावी प्रतिस्पर्धामा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप