बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सबै क्यान्सरको उपचार हुने सम्भावना नजिक पुगे वैज्ञानिक

बिहीबार, ०९ माघ २०७६, १६ : ३६
बिहीबार, ०९ माघ २०७६

एजेन्सी । मानव प्रतिरक्षा प्रणालीमा नयाँ पत्ता लागेको एक हिस्सालाई सबै प्रकारका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । 

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य कैयौँ क्यान्सरको उपचार विधि आविष्कार गरेका छन् । 

यससम्बन्धी अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित छ । मानिसमा परीक्षण नगरिएको भए पनि अनुसन्धादाताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताएका छन् । 
विज्ञले अनुसन्धान सुरुको चरणमा रहेको भए पनि निक्कै रोचक रहेको बताएका छन् ।

खोजमा के पाइयो ?
जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा हो । यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्छ । 

वैज्ञानिकले प्रतिरक्षा प्रणालीमै ट्युमरलाई आक्रमण गर्ने कुनै विधि पो छ कि भनेर पहिलेदेखि खोजिरहेका थिए । 

हाल आएर कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् जसले विगतदेखिको खोज पूरा भएकोजस्तो देखिएको छ । टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ ।

यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्छ । 

‘हरेक क्यान्सरका बिरामीको उपचारको सम्भावना बढेको छ,’ अनुसन्धादाता प्राध्यापक एन्ड्रू सेवेलले भने । 

‘यसले एउटै विधिबाट क्यान्सरका सबै प्रकारको उपचारको सम्भावना बढाएको छ,’ प्रोफेसर एन्ड्रू सेबेलले भने । 

यसले कसरी क्यान्सरको उपचार गर्छ ?

टी–सेल्सको सतहमा ‘रिसेप्टर्स’ हुन्छन्, जसले रसायनको मात्रालाई ‘हेर्न’ सहज बनाउँछ । 

कार्डिफको टिमले पत्ता लगाएको टी–सेल र रिसेप्टरले ल्याबमा कैयौँ क्यान्सरका कोषलाई मारेर देखाएको छ ।

तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए । 

महत्त्वपूर्ण कुरा त्यसले सामान्य तन्तुलाई भने छुँदा पनि छोएन । ती काम कसरी भयो भन्ने खोज भइरहेको छ । 

हाल पत्ता लागेको टी–सेल रिसेप्टरले एमआर–वन नामक अणुसँग अन्तत्र्रिmया गर्न सक्छ । ती मानव शरीरका प्रत्येक कोषको सतहमा हुनेगर्छ । 

एमआर–वन अणुले क्यान्सरयुक्त कोषभित्रको बिग्रिएको मेटाबोलिजमलाई प्रतिरक्षा प्रणालीमा खबर गर्ने विश्वास गरिन्छ । 

‘क्यान्सर कोषमा एमआर–वन भेट्ने टी–सेल पत्ता लगाउने हामी पहिलो हौँ,’ अनुसन्धादाता ग्यारी डाल्टनले भने । 
 
किन महत्त्वपूर्ण छ आविष्कार ?

टी–सेल क्यान्सर थेरापी क्यान्सर उपचारमा पहिलेदेखि प्रयोगमा छ । इमुनोथेरोपी भनिने उक्त उपचार प्रणालीलाई क्यान्सर उपचार क्षेत्रमा सबैभन्दा उत्साहप्रद विकास मानिन्छ । 

यस उपचार विधिको सबैभन्दा चर्चित उदारण हो– सीएआर–टी । यसमा बिरामीको टी–सेललाई जेनेटिक रूपमा बदलेर बिरामीको क्यान्सर खोज्न र नष्ट गर्न प्रयोग गरिन्छ । 

सीएआर–टीको उपचारले प्राणघातक रूपमा बिरामीमा पनि पूर्ण सुधारमा पु¥याएको देखिएको छ । 

तथापि यो विधि एकदमै विशिष्ट हुन्छ र यो सीमित सङ्ख्याको क्यान्सरमा मात्र काम गर्छ । 

साथै यो विधिले ट्युमर विकास हुने ‘ठोस क्यान्सर’मा काम गर्दैन । नयाँ टी–सेल रिसेप्टरले भने सबै ‘सबै’ क्यान्सरको उपचार हुने अनुसन्धादाताले बताएका छन् ।

क्यान्सर उपचारमा संलग्न सबै विज्ञले नयाँ आविष्कारप्रति उत्साह देखाएर यसमा ठूलो सम्भावना रहेको बताएका छन् । तर तिनका अनुसार यो अहिले निक्कै प्रारम्भिक अवस्थामै छ र यसलाई बिरामीमा प्रयोगमा ल्याउन धेरै समय लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप