के मानसिक तनावले कपालको रङ परिवर्तन गर्छ ?
के मानसिक तनावले कपालको रङ परिवर्तन गर्छ ? यो प्रश्नको जवाफ ‘गर्छ’ भन्ने आएको छ । यो दाबी अमेरिका र ब्राजिलमा गरिएको अनुसन्धानले गरेकोे हो ।
उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरुले मुसाको प्रयोग गरेका थिए । मुसामाथि गरिएको अनुसन्धानका अनुसार कोशिकाहरुले शरीरमा कपालको रङ निर्धारित गर्ने खुलेको छ । उक्त अनुसन्धानले मानसिक तनावको झेल्ने क्रममा कपालको रङ परिवर्तन हुने पत्ता लागेको हो ।
अनुसन्धानको समयमा मुसाको रङ परिवर्तन
उक्त अनुसन्धानपछि अध्ययनको समयमा प्रयोग भएका मुसाको सबै रौंहरु सेतो भयो । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता यासिका सोले मानसिक तनावका कारण कपाल र शरीरको रङमा परिवर्तन आउने दाबी गरेका छन् । उनले भने, ‘हामीले अनुसन्धानमा मानसिक दबाब शरीरका लागि मात्रै होइन जबकी यसको नकारात्मक प्रभाव पनि पार्छ । मुसामा केही दिनमा नै रङ पैदा गर्ने सबै कोशिकाहरु बर्बाद हुँदै गएका थिए । ’
वैज्ञानिकका अनुसार अनुसन्धानको पहिलो स्टेज सकिएको छ । वैज्ञानिकका लागि कपाल सेतो हुनबाट रोक्नको लागि औषधि पत्ता लगाउन अझै केही समय लाग्ने उल्लेख गरिएको छ । जसको लागि यो विषयसँग सम्बन्धित अन्य अनुसन्धान पनि जरुरी रहेको वैज्ञानिकहरु बताउँछन् ।
वैज्ञानिकका अनुसार सामान्यतयाः पुरुष र महिलाको कपालको रङ तीस वर्ष कटेपछि फुल्न सुरु गर्छ । तर उमेर नै नपुगी कपाल सेतो हुन थाल्यो भने तनाबले हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
https://www.abplive.com/lifestyle/mental-pressure-causes-hair-colour-change-1285858
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा