बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गायक गम्बुले ल्याए ‘वेलकम माइ हार्ट’

शुक्रबार, १० माघ २०७६, १५ : २०
शुक्रबार, १० माघ २०७६

काठमाडौं । गायक गम्बु शेर्पाको नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको बिच गीत सार्वजनिक गरिएको हो ।

आशुसेन लामाको शब्द तथा संगीत रहेको गीतमा गायक गम्बु शेर्पालाई स्वरमा प्रकाश लामा र आशुसेन लामाले समेत साथ दिएका छन् । 

गीतको भिडियो समेत बनेको छ । जसको निर्देशन प्रदीप लामाले गरेका हुन् । भिडियोमा प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही को अभिनय छ । 

बिगत २५ बर्षदेखि गायन रहेका शेर्पा समाजसेवामा पनि क्रियासिल छन् । शेर्पाले अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन्, भने २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप