शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालतिर, उच्च नेतालाई पनि भेट्ने

आइतबार, १२ माघ २०७६, ०७ : ०४
आइतबार, १२ माघ २०७६

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् ।

 निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ । 

शाह दम्पत्तीले ती क्षेत्रमा रहेका धार्मिकस्थल दर्शन गर्नुका साथै नेपाली भाषी र पश्चिमबंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप