मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको नयाँ घर : हाछेथुलाई पछ्याउँदै हवल्दार बन्जारा

आइतबार, १२ माघ २०७६, १९ : ०२
आइतबार, १२ माघ २०७६

भक्तपुर । अरनिको राजमार्गबाट दक्षिण तर्फ नयाँ सुन्दर भवन । विगतमा कोचिएर दैनिकी बिताउदैं आफ्नो डियूटी गर्दै आएका ट्राफिक प्रहरी । नेपाल प्रहरीमा केही यस्ता अधिकृत र कर्मचारी छन् । उनीहरुले आफ्नो दिनरात नभनि जिन्दगी नै विभागीय सेवालाई सर्मपित गर्दै आएका छन् । 

ट्राफिक प्रहरी निरिक्षक पदबाट अवकाश लिएका सीताराम हाछेथु एक यस्ता उदाहरण हुन् । जसले दैनिक प्रशासनिक कार्य भवन र प्रहरी कर्मचारीको बास बस्ने राम्रो घर बनाउन मेहनत गरे । 

जहाँ सीताराम तेहाँ प्रहरीको भवन भन्ने संवादलाई सार्थकता दिने काममा पछिल्लो पटक भक्तपुरमा एक हवल्दार सक्रिएर भएर लागेका छन् । हाछेथुलाई गुरु र आर्दश मान्ने बिगतदेखि उनकै साथ रहेका र सहयोगीको भुमिका निर्वाह गरेका ट्राफिक प्रहरी हवल्दार ईश्वर बन्जारा । 

उनले हाछेथुकै बाटो समात्दै सबैको साथ र सहयोग जुटाएर यतिबेला महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन तयार पार्ने जिम्मेवारी पुरा गरेका छन् । यो भवन निर्माणमा पनि उनलाई हाछेथुको गृह जिल्ला भक्तपुर भएका कारण हाछेथुको साथ र सल्लाह राम्रैसँग पाए ।

भक्तपुर ट्राफिक प्रहरीको आफ्नै भवन थिएन । निकै साँघुरो भाडामा लिएको भवनमा काम गर्न निकै गाह्रो थियो । जब हवल्दार बन्जारा सरुवा भएर भक्तपुर आए । त्यसपछि यहाँका स्थानीयसँग सहकार्य गरेर एउटा राम्रो कार्यालयका लागि भवन बनाउने जिम्मा उनको काँधमा आयो । 

शिलान्यासको एक वर्षसम्म निर्माणले खासै गति लिएको थिएन्, उनी आएपछि तीब्रता पायो । २०७४ कात्तिक २९ गते हालका (तत्कालिन प्रहरी नायब महानिरीक्षक) हालका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले शिलान्यास गरेको भवन (भोलि) सोमबार उनैले उद्घाटन गर्ने कार्यक्रम छ ।

दिनरात खटिएर भवन निर्माणलाई पुरा गरेका हवल्दार बन्जारा प्रहरीमा एक उदाहरणीय व्यक्ति हुन् । अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुले आफू कार्यरत रहँदा काठमाडौंंका तीन ठाउँ कालीमाटी, दरबारमार्ग र कोटेश्वर तथा ललितपुरको सातदोबाटोमा गरी ४ वटा ट्राफिक प्रहरी भवन निर्माण गरे । हवल्दार बन्जारा समेत गुरुको पथलाई पछ्याउँदैं सानो सीताराम बन्ने धुनमा सक्रिय छन् । 

१ करोड ९० लाखमा सुविधा सम्पन्न भवन

सूर्यबिनायक नगरपालिकाले उपलब्ध गराएको १३ आना क्षेत्रफल रहेको जग्गामा साँढे २ तले सुबिधा सम्पन्न भवनमा ९ वटा कोठा रहेका छन् । भवनमा कार्यालय, भान्छा, महिला ब्यारेक, प्रतिक्षालय, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार तथा जवान ब्यारेक, व्यवस्थित शौचाललय समेत रहेको छ ।

प्रहरी साझेदारी अन्तर्गत सुर्यबिनायक, मध्यपुर थिमि, चाँगुनारायण नगरपालिका, जनसहभागिता, स्थानीय व्यवसायी र दाताबाट जुटाएर करिव एक करोड ९० लाख रुपैयाँ तथा भौतिक सहयोगमा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप