शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म मुसलमान, मेरी श्रीमती हिन्दु र मेरा बच्चाहरुको धर्म हिन्दुस्तानः शाहरुख खान

सोमबार, १३ माघ २०७६, ०७ : ५२
सोमबार, १३ माघ २०७६

बलिउड अभिनेता शाहरुख खानले एक टेलिभिजन कार्यक्रममा उनको घरमा धर्मबारे कहिले पनि कुनै चर्चा नहुने बताएका छन् ।

स्टार प्लसमा प्रशारण हुने एक डान्स रियालिटी शो डान्स प्लमा उनले भने, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु मुसलमानको केही पनि कुरा गरेका छैनौं । मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हुँ र मेरा सन्तान हिन्दुस्तान हुन् ।’

गत शनिबार राती प्रशारण भएको उक्त शोमा शाहरुख खान उपस्थित भएका थिए । कार्यक्रममा उनलाई एउटा प्रश्न सोधिएको थियो जसको जवाफमा उनले भनेका थिए, ‘म स्कूल जाँदा त्यहाँको फारममा धर्मबारे सोधिएको हुन्थ्यो । त्यो भर्नुपर्दथ्यो । मेरी छोरी सानी हुँदा उनले मलाई एकपटक हाम्रो धर्म के हो भनेर सोधिन् । मैले उनलाई हामी भारतीय हौं भनेँ किनभने कुनै पनि धर्म छैन र हुनु पनि हुँदैन ।

उनको यो बयानका लागि सोसल मिडियामा उनको निकै तारिफ भइरहेको छ ।

कतिले उनको बयानलाई देशलाई गौरवान्वित तुल्याउने वाक्य भनेका छन् भने कतिले नागरिकता संशोधन कानून (सीएए) र एनआरसीमा चुप बसेको भन्दै उनको विरोध पनि गरिरहेका छन् ।

नरेश नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘हामीलाई गर्व छ । हामी सबै भारतीय हौं र योभन्दा गर्वको कुरा कुनै हुनै सक्दैन ।’

शैलभ नामका अर्का ट्वीटर प्रयोगकर्ताले लेखे, ‘हिन्दुस्तानलाई शाहरुख खानले निकै राम्रोसँग अर्थ्याए ।’

पूर्वीले शाहरुख खानको बयानलाई ‘मन छुने कुरा’ बताएकी छिन् ।

भावनिधिले लेखिन्, ‘अहिलेसम्म मैले जे सुनेकी छु तीमध्ये यी केही वाक्य सबैभन्दा सुन्दर हुन् ।’

मानसी शर्माले लेखिन्, ‘आजको मुश्किल समयमा शाहरुख खानको बयानले आराम दिन्छ । भारतीय हुनुभन्दा राम्रो अरु केही पनि हुनसक्दैन ।ण्द्दज्ञड

एक व्यक्तिले यसै भिडियोको जवाफमा शाहरुख खानलाई सोधे, ‘त्यसो भए आफ्नो सन्तानको नाम मुसलमान किन राख्यौ ?’ यसको जवाफमा अर्का ट्वीटर प्रयोगकर्ताले लेखे, ‘सुहाना मुस्लिम नाम हो । आर्यन हिन्दु नाम हो र अबराम अब्दुल्लाह र रामको नाम जोडेर बनाइएको नाम हो ।’

यसमा रानी नामकी अर्की ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘बच्चाको नाम यस्तो राखिएको छ जसले दुई धर्मलाई मिलाउँछ ।’

अंकुर अग्रवाल लेख्छन्, ‘शाहरुख भारतको गौरव हुन् तर सिएए र एनआसीको विषयमा भइरहेको विरोधमा उनी मौन छन् । जब उनी ट्वीटरमा मानिसहरुको प्रश्नको जवाफ दिइरहेका थिए र मानिसहरुले यसबारे  पनि सोधे तर उनले मौन बस्नु नै ठिक ठाने ।’

इशाक सिद्दिकीले लेखे, ‘यो राम्रो हो कि तपाईंले केही नभनीकनै एनआरसीको मुद्दाबारे प्रकाश पार्नुभयो । बोल्ने, नबोल्ने त्यो तपाईंको इच्छा हो । तर यसले फाइदा हुनेछ र जनतासमक्ष सिएए, एनआरसीको वास्तविकता आउने नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप