बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामी अवार्डमा सेलिब्रिटीको ‘ग्रान्ड इन्ट्रान्स’ (फोटोफिचर)

सोमबार, १३ माघ २०७६, ०९ : ३४
सोमबार, १३ माघ २०७६

आइतबार आयोजित ६२ औं ग्रामी अवार्डमा थुप्रै सेलिब्रिटी संगीतको उत्सव मनाउन र स्टाइलको आफ्नो भिन्न शैली प्रदर्शनका लागि उपस्थित भए ।

वार्षिक रुपमा आयोजना हुने उक्त कार्यक्रममा एरियाना ग्रान्डेसहित थुप्रै सेलिब्रिटीले रेड कार्पेटमा ‘ग्रान्ड इन्ट्रान्स’ गरे । एरियानाले राजकुमारी स्टाइलको गाउन लगाएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भइन् ।

एरियाना आफ्ना आमा बुवा जोन ग्रान्डे र एडवर्ड ब्यूटेकोसहित ग्रामी अवार्डमा सरिक भएकी थिइन् ।

बलिउड नायिका प्रियंका चोपडाले पनि श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा उपस्थिती जनाएकी थिइन् । प्रियंका निकै खुलेको गाउनसहित रेड कार्पेटमा उपस्थित भइन् । उनको गाउनको नेकलाइन असाध्यै खुल्ला थियो जसमार्फत् उनको नाइटो छेडिएको पनि देखिएको थियो ।

प्रियंका र निक रेड कार्पेटमा तस्बिर खिचाउँदा पनि निकै मस्ती गरिरहेको देख्न सकिन्छ ।

हेरौं कार्यक्रममा उपस्थित अन्य सेलिब्रिटीको तस्बिरः

जोन लेजेन्ड श्रीमती क्रिसीसँग

लिजो

जोई जोनस श्रीमती सोफी टर्नरसँग

केभिन जोनस र श्रीमती ड्यानियल जोनलले रेड कार्पेटमा चुम्बन गर्दै

ब्लेक सेल्टन प्रेमिका ग्वेन स्टेफानी

दुवा लिपा प्रेमी अनवार हदिदसहित

बिली एइलिस (बायाँ), बेब रेचा (बीचमा) र म्यागी रोजर्स (दायाँ)

हेइदी क्लम थाइ कट गाउनमा

गायिका एच.ई.आर

एफकेए ट्वीग्स (बायाँ) र ज्यायमिया हर्न (दायाँ)

डिजे खालिदले कोब ब्रायन्टलाई श्रद्धाञ्जली दिँदै

जेम्स ब्लेक प्रेमिका जमिला जामिलसँग

जोइ भिल्ला र मेगनले राजनीतिक वक्तव्यसहित

रिकी रेबेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप