बन्दीपुरमा चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ ।
आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।
केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ । चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ