बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमन्त्री भुसालको प्रतिवद्धताः आशालाई निराशामा परिणत हुन दिन्न्

मङ्गलबार, १४ माघ २०७६, १९ : ५१
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् । मंगलबार मन्त्रालयमा एक कार्यक्रम राख्दै मन्त्री भुसालले कृषि क्षेत्रमा कलम चलाउँदै आएका कृषि पत्रकारहरुसँग छलफल तथा राय सुझाव लिएका हुन् ।  छलफल कार्यक्रम मन्त्री भुसालले पत्रकारहरुसँग समग्र कृषि क्षेत्रमा भएका, देखिएका र सुधार गर्नुपर्ने क्षेत्रको समस्याबारे राय सुझाव तथा सल्लाह मागेका थिए । 

मन्त्रीको सल्लाह सुझावका लागि पत्रकारहरुले पनि अहिलेको आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै कृषि क्षेत्रको सुधार तथा उत्पादकत्व वृद्धितर्फ लाग्न सुझाव दिएका छन् । सुझावका क्रममा पत्रकारहरुले मन्त्रीको ठाउँमा मन्त्रीको पुनरागमन मात्र नभएर क्रान्तिकारी जस्तै कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी काम गर्न जोड दिएका छन् । 

अहिले देखिएको कृषि क्षेत्रको बीउँविजन, रासायनिक मल, खाद्यान्न, उत्पादनदेखि कृषि अनुदानका विषयमा समेत विशेष चासो दिन आग्रह गरेका छन् । त्यस्तै, प्रभावकारिताका लागि सङ्घीय संरचना अनुसार कृषि मन्त्रालय विभाग र निकायहरुलाई रुपान्तरण गर्दै सहज र सरलिकरण गर्दै कृषकमैत्री बन्न समेत सुझाव दिएका छन् । 

कृषि प्रधान देश कृषिमै परनिर्भरता भएको उदाहरण पेस गर्दै पत्रकारहरुले अबनेपालले कृषि क्षेत्रको वृद्धि विकासमा एवं उत्थानका लागिप्राथमिकताका आधारमा कृषि प्रणाली अवलम्वन गरिनुपर्ने बताए । त्यसका लागि आधुनिक बैज्ञानिक कृषि प्रणाली तथा पद्धति अवम्बन गरिनु पर्ने सुझाव दिएका छन् । यसका लागि मन्त्रीले प्राविधिक विज्ञसहितको कृषि विशेषज्ञ तथा जानकारहरुको साथ लिनुपर्नेमा जोड दिएका छन् । 

प्रतिउत्तरमा बोल्दै मन्त्री भुसालले पत्रकारहरुको सुझावलाई सिरोपर गर्दै अघि बढ्ने र जनतामा जागेको आशालाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।  ‘तपाईहरुको सुझाव मनन गरेको छु । र यसै सुझावअनुसार काम गर्ने योजना बनाउँछु  ।’ मन्त्री भुसालले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, म तपाईहरु र जनता (कृषक)हरुको आशालाई निराशामा परिणत हुन दिन्न् ।’ यसै कार्यक्रममार्फत मन्त्री भुसालले बेलाबखत यस्तोे अन्तरक्रिया कार्यक्रम चलाई राख्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप