मोबाइल लिएर सुत्ने बानी छ ? सावधान !
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । जुनसुकै बेला पनि हाम्रो साथमा रहने स्मार्टफोन हाम्रो लागि खतरनाक हुन्छ । सँगै एक अनुसन्धानले फोनलाई राती सँगै लिएर सुत्न नहुने निष्कर्ष पनि निकालेको छ ।
चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् । अनुसन्धानकताएहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढि विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।
उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।
इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’
प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै