शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुत्ता हान्नेलाई जब मार्टिन लुथर किङ्गले यसो भने

बिहीबार, १६ माघ २०७६, ०२ : ३५
बिहीबार, १६ माघ २०७६


मार्टिन लुटर किङ्ग अश्वेतहरुका अधिकारका लागि लड्ने महान् व्यक्ति हुन् । रंगभेदका विरुद्ध उनले अहिंस्रक आन्दोलन सञ्चालन गरे र सोही आन्दोलनको बलमा अश्वेतहरुका पक्षमा थुप्रै अधिकारहरु हासिल गरेर छाडे ।

अश्वेत आन्दोलनका लागि लड्ने तिनै महान नेता मार्टिन लुथर किंग एक पटक सार्वजनिक सभामा भाषण दिइरहेका थिए । त्यही बेला रंगभेदका समर्थक एक जना उदण्ड मानिसले मञ्चमा एउटा जुत्ता फ्याँक्यो । त्यो जुत्ताले झण्डै उनलाई नै लाग्यो । त्यो देखेर सभामा खैलाबैला मच्चियो । मार्टिनका आक्रोशित समर्थकहरुले त्यो जुत्ता फ्याँक्ने मानिसलाई खोज्न थाले ।

तर लुथरले आफ्ना समर्थकहरुलई सम्झाउँदै भने– “धन्य रहेछ यो देश, जहाँका निवासीले आफ्ना शुभेच्छुकलाई यतिसम्म माया गर्छन् । वास्तवमा यो जुत्ता उनले मलाई हिर्काएका होइनन्, पैदल हिँड्दा गाह्रो हुन्छ भनेर ती उदारमन भएका व्यक्तिले  मलाई सहयोग गरेका हुन् । तर जुत्ता एउटा मात्रै भयो । कृपया अर्को जुत्ता पनि दिनुभए म आभारी हुने थिएँ ।”

आफूलाई जुत्ता हान्ने मानिसप्रति कत्ति पनि रिसराग नराखी मार्टिनले स्थितिलाई सम्हाले । उनको यो महानता देखेर सभामा उपस्थिति सबै नतमस्तक भए । सबैले मार्टिनको जयजयकार गरे ।

Photo: https://media.graytvinc.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप