शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्या र बुद्धि माग्दै सरस्वतीको आराधना (फोटोफिचर)

बिहीबार, १६ माघ २०७६, ११ : ४०
बिहीबार, १६ माघ २०७६

आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्लपञ्चमीका श्रीपञ्चमी मनाउने गरिन्छ ।

वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रहीआएको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ ।

हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ पुराणमा उल्लेख भएअनुसार माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । यसका लागि स्वयम्भू र पशुपतिको सरस्वती मन्दिरको भित्ताहरुमा साना बालबालिकाहरुलाई लेख्न लगाइन्छ ।

आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता छ ।

तस्विर : सुवास श्रेष्ठ/कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप