शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिया मिर्जा रोएको भन्दै उडाइयो मजाकः ट्रोलर्सलाई भनिन्, ‘यसलाई मुटु भएको भनिन्छ’

बिहीबार, १६ माघ २०७६, १२ : ५१
बिहीबार, १६ माघ २०७६

केहि दिनअघि जयपुर लिट्रेचर फेस्टिवलमा मौसममा आइरहेको परिवर्तनबारे बोल्दै बलिउड नायिका दिया मिर्जा रोएकी थिइन् । उनी रोएको विषयलाई पनि ट्रोलर्सले ‘ड्रामा’ को संज्ञा दिँदै उनको मजाक उडाएका थिए । अब दियाले ती ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।

दिया मिर्जालाई ड्रामा भन्ने केही ट्रोलर्सलाई उनले यस्तो जवाफ दिएकी छिन्, ‘यसलाई मुटु भएको भनिन्छ । कुनै बेला कोसिस गर्नुहोस् । यसले तपाईंलाई पनि कुनै समाधानको हिस्सा बन्न दिनेछ ।’

यस्तै, अर्का एक ट्रोलरलाई जवाफ दिँदै दियाले लेखेकी छिन्, ‘हाम्रो आँसु हाम्रो हुन्छ । तर हाम्रो क्रियाकलापले मानिसहरुलाई थप बाँध्ने काम गर्छ । यो एउटा ठूलो कुरा हो ।’

लिट्रेचर फेस्टिबलमा दियाले यसो भनिन्

स्मरण रहोस्, जनवरी २८ मा जयपुरमा लिट्रेचर फेस्टिबलको आयोजना गरिएको थियो । यो मौकामा मौसममा आइरहेको परिवर्तनको विषयमा कुरा गर्दै दिया रोएकी थिइन् । उनले भनिन्, ‘तमाशा हेरेको झैं गरेर अफसोस नजताउ । आफ्नो आँसु बगाउन नडराउनुहोस् । यसलाई महसुस गर्नुहोस् । हरेक कुरालाई पूर्ण रुपमा महसुस गर । यो राम्रो कुरा हो । यसले हामीलाई बलियो बनाउँछ । यो कुनै प्रदर्शन होइन ।’

ट्रोलर्सले दियालाई भने ‘सस्ती ग्रेटा थेनबर्ग’

त्यसको केही बेरपछि नै दिया मिर्जा ट्वीटरमा मात्रै ट्रेन्ड भइनन् प्रयोगकर्ताले उनका लागि नकारात्मक ट्वीट गर्न सुरु गरे । मानिसहरुको पर्यावरण अभियानकर्ता ग्रेटा थनबर्गको कुरा उठाउँदै दियाविरुद्ध अत्यधिक नकारात्मक ट्वीट गरे । एक प्रयोगकर्ताले उनलाई सस्ती ग्रेटा थनबर्ग भने त कतिले लेखे, ‘यद्यपि, यनलाई त्यतिबेला यसबारे अफसोस भएन जब उनी आफ्नो डिजेल एसयूभीमा बसेर यताबाट उता यात्रा गर्छिन् ।’

दिया पर्यावरण सम्बन्धि जागरुकता अभियानमा भाग लिने गर्छिन् । हालै उनले मुम्बई सी–बीचको सफाईमा भाग लिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप