शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगनाले भनिन्, ‘मैले ३ वर्ष अघि पद्मश्री पाउनु पर्दथ्यो, त्यतिबेला षड्यन्त्र भयो र यो प्रियंकाले पाइन्’

बिहीबार, १६ माघ २०७६, १३ : ०७
बिहीबार, १६ माघ २०७६

कंगना रनोटले आफूले तीन वर्षअघि नै पद्मश्री पाउनु पर्ने भन्ने बयान दिएकी छिन् । तर एक षड्यन्त्रका कारण उनको नाम सूचीबाट हटाइएको पनि उनले बताएकी छिन् । कंगानाले यो बयान एक भारतीय मिडियासँगको कुराकानीको क्रममा भनेकी हुन् ।

उनी भन्छिन्, ‘एक सहकर्मी र पूर्व सहकर्मीले मलाई नोटिस पठाएका थिए । पद्मश्री पुरस्कारका लागि तपाईंमाथि कुनै पनि प्रकारको नोटिस वा मुद्दा मामिला हुनु हुँदैन । म यो पुष्टि गर्न सक्दिनँ तर मलाई लाग्छ कि उक्त नोटिसका कारण मेरो नाम सूचीबाट हटाइएको हुनुपर्छ र उक्त अवार्ड प्रियंका चोपडालाई दिइएको थियो ।’

अदनान पद्मश्रीका लायक छन्ः कंगना

अदनान सामीको पद्मश्री विवादको विषयमा कंगना रनोटले भनेकी छिन्, ‘मलाई लाग्छ कि उनी यो पुरस्कारका लागि लायक छन् । ‘भारत’ एक विचार हो । त्यो जमिनको टुक्रा मात्रै होइन । यो पूरा भ्यालु सिस्टम हो । अदनानले यो मुलुकको विचारलाई बाँचेका छन् । त्यसमाथि खरो उत्रिएका छन् । बिडम्बना, मानिसहरुलाई हरेक कुरासँग समस्या छ । अदनानको विरोध गर्नेहरुलाई इग्नोर गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप