केन्द्रीय संस्करण

ट्रम्पको मध्यपूर्व शान्ति योजना ‘हास्यास्पद’: इरान

person explore access_timeमाघ १६, २०७६ chat_bubble_outline0

एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई ‘हास्यास्पद’ भएको टिप्पणी गरेका छन् । तास्नीम समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचार अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको रौहानीको भनाइ छ । 

‘यो मुर्खतापूर्ण हल्ला हो,’ रौहानीले भने, ‘ट्रम्पले मध्यपूर्व शान्ति स्थापनाका लागि भन्दै प्रस्तुत गरेको प्रस्ताव खारेज गर्न ह्वाईट हाउसलाई सुझाव दिन्छु ।’  अमेरिकी राष्ट्रपति ट्रम्पले यस योजनालाई ‘शताब्दीकै राम्रो योजना’का रूपमा व्याख्या गरिरहेका बेला इरानी राष्ट्रपति रौहानीले भने ठीक विपरित संज्ञा दिए ।

राष्ट्रपति ट्रम्पले वहुप्रतिक्षीत मध्यपूर्व शान्ति योजना गत मङ्गलबार सार्वजनिक गरेका थिए ।  उनको योजनालाई रौहानीले झै प्यालेस्टिानीले यसअघि नै अस्विकार गरिसकेको छ । प्यालेस्टाइनले ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै यसलाई मान्न आफू वाध्य नभएको बताएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.