मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठक : सात प्रदेश र चार समुहका नेताको रिपोर्टिङ सकियो

शुक्रबार, १७ माघ २०७६, २० : २१
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेश्रो दिनको बैठकमा सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् ।

शुक्रबारको बैठकमा ७ भौगोलिक र तीन गैर भौगोलिकतर्फबाट पनि प्रस्तुति गरेका छन् । शुक्रबार नै छलफलका लागि गठित १५ समूह मध्ये ४ समूहका नेताहरुले पनि समूहको निश्कर्ष राखेका छन् । 
शनिबारको बैठकमा समूहगत छलफलको रिपोर्टिङ सकिने गरी छलफल भइरहेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

शुक्रबारको बैठकमा सात प्रदेशको रिपोर्टिङपछि सम्पर्क समन्वय कमिटी, प्रवास समन्वय कमिटी र उपत्यका विषेश कमिटीका अध्यक्षहरुले रिपोर्टिङ सकेका छन् । समूहगततर्फ टोली नेता  कमला रोका २, दिनानाथ शर्मा ६, भगवती चौधरी ९ र लेखनाथ न्यौपानेले १३ औं समुहका नेता हुन् ।

नेता न्यौपानेले प्रस्तुत गरेको रिपोर्टमा नेताहरुको सम्पति छानविन गर्नुपर्ने र त्यसका लागि शक्तिशाली आयोग  गठन गर्नु पर्ने उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप