केन्द्रीय संस्करण
हास्यव्यङ्ग्य

‘अब जनताको हाँसो ठट्टा सुनौं !’

‘यस पटकको भासन सुनेर चाहिँ मलाई पनि दया लाग्यो । गाउँमा हुर्कँदा बिचराले रेडियो पनि सुन्न पाएका रहेनछन्’

person explore access_timeमाघ १७, २०७६ chat_bubble_outline0

पहिले पहिले पनि शहरमा गाउँ भेटिन्थे । शहरका छेउछेउ ठाउँठाउँमा बनेका पाटीहरुमा भेटिन्थे । जस्तै सोह्रखुट्टेपाटी, भैंसेपाटी, गाइबाच्छापाटी, लामपाटी आदि । अहिले पाटीहरु प्रजातन्त्र र लोकतन्त्रले खाएर सकिए । हिजोआज शहरका कुनाकाप्चाका सस्ता चियापसलहरुमा गाउँ भेटिन्छन् ।

हिजोआज शहरमा गाउँहरु पनि भेटिन्छन् । गाउँबस्तीहरुमा पनि चाउचाउ र ग्याँससिसलण्डर बोकेर हिँडेको शहर भेटिन्छ ।

पहिले पहिले पनि शहरमा गाउँ भेटिन्थे । शहरका छेउछेउ ठाउँठाउँमा बनेका पाटीहरुमा भेटिन्थे । जस्तै सोह्रखुट्टेपाटी, भैंसेपाटी, गाइबाच्छापाटी, लामपाटी आदि । अहिले पाटीहरु प्रजातन्त्र र लोकतन्त्रले खाएर सकिए । हिजोआज शहरका कुनाकाप्चाका सस्ता चियापसलहरुमा गाउँ भेटिन्छन् ।

त्यस्तै आज भर्खरै काठमाडौको एउटा चियापसलमा भेटिएका गाउँका बुढापाकाहरुको एउटा सम्वाद रमाइलो लागेर म यहाँ प्रस्तुत गर्दैछु ।

दिउँसोको बेला छ । चियापसलमा आज चार पाँच जना वृद्धजनहरु जुट्नुभएको छ । लाग्छ, वहाँहरु यतै कतै छोराछोरीका डेरामा बसेर दुईचार दिन जाडोको शहर चाख्न आउनुभएको छ । वहाँहरुले लाएका माकल टोपी र गुथेका फेटाले यही कथा कहन्छन् । एक जनाले टोपी नलाएर फेटा मात्र गुथ्नुभएको छ ।

म भर्खरै चियापसल पसेर नजिकैको कुर्सीमा बसेको छु ।

वृद्ध १: (पछाडि फर्केर हेर्दै) हाम्रो चिया बनेन ?

बन्दैछ –(भित्रबाट आवाज आउँछ)

एः मलाई पनि एउटा चिया है ! म पनि मुन्टो पछाडितिर बटार्दै आवाज दिन्छु । यस्तैमा वहाँहरुको सम्वाद शुरु हुन्छ ।

वृद्ध १: (फेटा गुथेका बुढा मान्छे हाँस्दै भन्नुहुन्छ), त्यो सरकारको के भन्छन् नि, पर्वक्ता भन्या हो क्यारे ती मोटा चिल्ला खाइलाग्दा मन्तरीको हिजोको भासन तपाईंहरुलाई कस्तो लाग्यो ? मेरो त कन्सिरीको रौं तात्यो । हामी जनताचाहिँ स्याल, उनीचाहिँ शेर ? हामी जनताले बोलेको स्यालहुइँयाँ हुन्छ ? उनले बोलेको चाहिँ शेरको गर्जन हुनेहोला हैन ?

वृद्ध २: (मुक्तकण्ठले हाँस्दै) कठैबरा, त्यस्ता बिचरासित के झोक्किनु ? भाषण सुन्दा मेरो त मनै कटक्क भयो । भित्रैदेखि दया जागेर आयो । हेर्नुस् शिव, तपाइँ मभन्दा झण्डै १५ वर्षले भाइ । मैले तपाइँलेभन्दा बढी भोटो फटाएको छु । मामुली सिपाही भएरै भए पनि देशविदेश घुमेको छु । तपाइँले भन्दा बढी राणाशासन बुझेको छु । छाडाशासन बुझेको छु । मलाई त ती बिचरा मन्त्रीको बोली, चालढाल र चुरीफुरी देख्दा हाम्रा बाले बयान गर्नु भएको जुद्धशमशेरको बुख्याँचाको सम्झना आयो । मान्छेले कसैका बुख्याँचाको नक्कल गर्नुपरेपछि के लाग्छ ? के तिनले जे बोलेकाछन् बुझेर बोलेका छन् ? तिनको चुरीफुरी र चालढाल कुनै भलादमी मन्त्रीलाई सुहाउने खालको छ ? छैन नि । मलाई त के लाग्छ भने कसैलाई भिडियो खिच्न लगाएर ती मन्त्रीले कोठामा त्यस भिडियोभित्रको आफूलाई आफैंले हेरे भने लाजले भुतुक्क हुन्छन् । रातभरी निदाउँदैनन् । आखिर ती पनि मान्छे त हुन् ।


मलाई त ती बिचरा मन्त्रीको बोली, चालढाल र चुरीफुरी देख्दा हाम्रा बाले बयान गर्नु भएको जुद्धशमशेरको बुख्याँचाको सम्झना आयो । मान्छेले कसैका बुख्याँचाको नक्कल गर्नुपरेपछि के लाग्छ ? के तिनले जे बोलेकाछन् बुझेर बोलेका छन् ? तिनको चुरीफुरी र चालढाल कुनै भलादमी मन्त्रीलाई सुहाउने खालको छ ?


वृद्ध ३: (माकल टोपी निकालेर टेबलमा राख्दै) हरिदाइले भन्नुभएजस्तै  ती मन्त्रीको भाषण सुनेपछि मेरो मनमा पनि कुरा खेल्यो । हामी जनता सवै स्याल अनि हाम्रो बोली स्यालहुइयाँ भएपछि उनी आफू त बाघ हुनुपर्‍यो । अझ शेर नै हुनुपर्‍यो । शेर नै रहेछन् भने पनि उनी कस्तो शेर ? कसको शेर ? लोकतन्त्रको शेर ? मानौं उनी शेर नै हुन् रे ल । लोकतन्त्रमा जनतासित भोट मागेर चुनाव जितेर आयो भने साँच्चिकै शेर पनि आफ्ना मतदाता जनतासित यसरी गर्जिँदैन । आफूलाई जनताको मालिक ठान्दैन । सेवक ठान्छ । जनतालाई हेप्दैन । दुच्छर व्यवहार गर्दैन । अनि उनी कस्तो शेर ? राणाहरुले शमशेर भनेजस्तै उनी आफैं शेर ? अथवा नेकपाको शेर ? नेकपा त एउटा राजनीतिक दल हो । चिडियाखाना त हैन नि । त्यसो भए उनी सम्माननीय प्रधानमन्त्रीका शेर हुन् त ? हाम्रा प्रधानमन्त्रीलाई शेर पाल्ने यत्रो सौख छ ? थाहा छैन । मेरो मनमा धेरै बेरसम्म यस्तै यस्तै कुरा खेले । कोठामा एक्लै हाँसेँछु । एक्कासि ढोका खोलेर नातिबावु सोध्न आउनुभयो, ”के भो हजुरबाबा ?“ म त झण्डै झसङ्ग भएँ र भनेँ, “केही भएन बाबु, फेसबुकमा एउटा हाँसो ठट्टा हेर्दा हाँसो थाम्नै सकिनँ । अनि हाँसेको ।” “एः सरी है!” भन्दे नातिबाबु ढोका बन्द गरेर निस्कनु भयो । अनि म सुतेँ ।

(वृद्धले आफ्नो भनाइको असर पढ्न सबैका अनुहारमा आँखा घुमाउनुभयो ।)

वृद्ध ४: म फेसबुक चलाउन जान्दिनँ । दिउँसोतिर बसेर टीभी हेर्ने हो । साँझ परेपछि टीभीमा नातिनातिनाहरु कार्टुन हेरिबस्छन् । हिजो छोराबुहारी नातिनातिना पार्टीमा गएका थिए । टीभी हेर्ने सन्जोग मिल्यो । मैले ती मन्त्रीको भासन ध्यान दिएरै सुनेँ । मैले तिनको भासन अघिपछि पनि सुनेको छु । चुरीफुरी देखेको छु । मलाई त तिनको बोलीचाली चुरीफुरी सवै मोहनशमशेरका आठपहरियाको जस्तो लाग्छ । (समवेत हाँसो ।) यस पटकको भासन सुनेर चाहिँ मलाई पनि दया लाग्यो । गाउँमा हुर्कँदा बिचराले रेडियो पनि सुन्न पाएका रहेनछन् । भियतनाम र कोरियामा अमेरिकाले के गरेको थियो तिनले सुन्नै पाएनछन् । इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा अमेरिकाले देखाएका नरसंहारका चर्तिकला तिनले सुनेका रहेनछन् । कति देशमा अमेरिकाले सेना थुपारेको छ त्यो पनि तिनले सुनेजस्तो लागेन । अनि अमेरिका सियो भएर पस्छ र फाली भएर धसिन्छ भन्ने पनि तिनलाई थाहा नभएजस्तो लाग्यो । थाहा भएको भए  त्यो केजाती एमछिछिका पक्षमा यतिसम्म गति छाडेर बोल्ने थिएनन् । कसैले यसो यसो बोल भनिदियो उनले बोलिदिए । ती बिचरामाथि किन रिस गर्ने ? मलाई पनि दया नै जागेको छ ।


गाउँमा हुर्कँदा बिचराले रेडियो पनि सुन्न पाएका रहेनछन् । भियतनाम र कोरियामा अमेरिकाले के गरेको थियो तिनले सुन्नै पाएनछन् । इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा अमेरिकाले देखाएका नरसंहारका चर्तिकला तिनले सुनेका रहेनछन् । कति देशमा अमेरिकाले सेना थुपारेको छ त्यो पनि तिनले सुनेजस्तो लागेन । अनि अमेरिका सियो भएर पस्छ र फाली भएर धसिन्छ भन्ने पनि तिनलाई थाहा नभएजस्तो लाग्यो । थाहा भएको भए  त्यो केजाती एमछिछिका पक्षमा यतिसम्म गति छाडेर बोल्ने थिएनन् ।


वृद्ध १: एः त्यसो भए म गलत ? मेरो कन्सिरी तात्नु गलत ? (मुस्कुराउँन खोज्दे सवैका अनुहारमा आँखा डुलाउनुहुन्छ)

वृद्ध २: (हाँस्दै) गलत होइन । मैले भनेँ नि म तपाइँभन्दा १५ वर्ष जेठो । (अरु दुई वृद्धतिर सङ्केत गर्दै) माधव र शङ्कर पनि तपाइँभन्दा जेठा नै हुनुहुन्छ  । मेरो रगत सेलाएको भएर होला । मलाई रिस उठेन । माधव र शङ्करलाई पनि रिस उठेनछ । तपाइँ अझै ठिटो हुनुहुन्छ । तपाइँको रगत तातो छ । त्यसै तातो रगतले तपाइँको कन्सिरी ततायो । हामीलाई त तात्न अव हिटर बाल्नुपर्छ ।

(सबै वृद्धहरु एकै पटक मुक्तकण्ठले हाँस्नुहुन्छ ।)

वृद्धहरुको सम्बाद बडो सार्थक लाग्छ र म मोवाइलमा टिपिरहेको हुन्छु । यत्तिकैमा चिया आइपुग्छ । वृद्धहरु चियामा अलमलिनुहुन्छ । म पनि अलि हतारमै हुन्छु र चिया पिएर निस्कन्छु । यस सम्वादले मेरो मनमा दिनभरीजसो कुतकुती लागिरहन्छ । बेलुका घर फर्केर खाना खाइसकेपछि परिवारको नियमित बैठकमा यो सम्वाद सुनाउँछु । सवै पेट मिचीमिची हाँस्छन् । दिउँसो सुनेको सम्वाद बेलुका जस्ताकोतस्तै सुनाउन सकेकोमा म पनि दङ्ग पर्छु ।

१७ माघ, ०७६

Title Photo: सोह्रखुट्टे पाटी https://upload.wikimedia.org

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.