शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संकटाको कठिन जित

आइतबार, १९ माघ २०७६, १४ : ०७
आइतबार, १९ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले हिमालयन शेर्पा क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले शेर्पालाई १–० गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । अजयीले २१ औं मिनेटमा क्षितिजराज जिटीको पासमा गरेको गोल संकटाको जितमा प्रयाप्त बन्यो ।

संकटालाई रोक्दै अंक तालिकामा सुधार गर्ने योजना बनाएको शेर्पा सफल हुन सकेन । अजयी मार्टिन्स म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै १० खेलबाट १५ अंक बनाएको संकटा छैटौं स्थानमा उक्लिएको छ । सात अंक बनाएको शेर्पा १२औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप