शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यामाहाको ‘एफआई चढौँ’अभियान

आइतबार, १९ माघ २०७६, १५ : १९
आइतबार, १९ माघ २०७६

काठमाडौं– नेपालका लागि यामाहा टु ह्वीलरको आधिकारिक वितरक मोरङ अटो वर्क्स इन्टरप्राइजेजले ‘एफआई चढौँ ’ अभियानको थालनी गरेको छ । 

कम्पनीले आफ्ना ग्राहकहरुलाई मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक आम प्रचार अभियान अर्को पुस्ता अभियानको थालनी गरेको हो ।

आजको दिनमा फ्युल इन्जेक्टेड(एफआई) इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसर सेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इ.सी.यु. मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ । 

अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्राइसकेको हो र यो प्रविधि एफ जेड सिरिजहरु, आर–सिरिजहरु र हालसालैमात्र प्रस्तुत एमटी १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

यामाहा एक त्यस्तो कम्पनी हो जसले सधैं नै आफ्ना उत्पादनहरुमा नवीनतम् प्रविधिहरुलाई प्रस्तुत गर्दै आएको छ । यामाहाको एक मुख्य ब्राण्ड मूल्य नवीनतम प्रविधिहरुको सेरोफेरोको परिक्रमा गर्नु पनि हो ।

भर्खरै, यामाहाले आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरुमा आफूलाई पुर्याएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्रमा १३०० किमी र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको पर्फरमेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो । 

एफआई पविधिको भएको कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भने आफ्नो लक्ष्यलाई विना अवरोध पूरा गर्न सफल भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप