बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीबारे सुझाव संकलन गर्न नेकपाले बनायो कार्यदल

आइतबार, १९ माघ २०७६, १५ : ३२
आइतबार, १९ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव संकलनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

नेकपाको जारी केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य छन् ।

कार्यदललाई १० दिनभित्र एमसीसीबारे सुझाव पेश गर्ने जिम्मेवारी दिइएको छ ।

पार्टीभित्र एमसीसीका सम्बन्धमा विवाद देखिएपछि सुझाव संकलनका लागि समिति गठन गरिएको स्रोतले जनाएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा समूहगत छलफलका क्रममा सदस्यहरुले एमसीसीबारे पर्याप्त अध्ययन र छलफल हुनुपर्ने धारणा राखेका थिए ।

कार्यदलमा रहेका दुई सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एमसीसीको समर्थन गर्दै आएका छन् भने रावलले केही बुँदा परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप