शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा अबदेखि ओली-प्रचण्डको फोटो नराखिने

आइतबार, १९ माघ २०७६, १६ : ११
आइतबार, १९ माघ २०७६

काठमाडौं । अबदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा नेताहरुको फोटो नराखिने भएको छ । जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

आइतबार केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी दिएका हुन् । त्यस्तै उनले  बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने पनि बैठकमा जानकारी दिए । 

यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए । 

राष्ट्रिय सभा गृहमा भएको उद्टन कार्यक्रमका लागि टाँगिएको ब्यानरमा दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो मनमोहन र पुष्पलालको भन्दा तलतिर राखिएको थियो ।

‘मञ्चमै बसेका नेताहरुको फोटो ब्यानरमा पनि टाँगेर राजावादीकै अभ्यास गरेको भन्दै नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए । बैठकका क्रममा मञ्चमा ९ जना सचिवालय सदस्यका लागि आसनसँगै मञ्चको दायाँतर्फ एकजना अध्यक्ष ओली र बायाँतर्फ अर्का अध्यक्ष प्रचण्डको फोटो टाँसिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप