शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुशासन आयोगले नेकपाका केन्द्रीय नेताको सम्पत्ति छानविन गर्ने

आइतबार, १९ माघ २०७६, १६ : २६
आइतबार, १९ माघ २०७६

काठमाडौ । नेकपाले केन्द्रीय नेतृत्वको सम्पत्ति छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ ।

जारी केन्द्रीय समितिको बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिने निर्णय गरेको हो । 

केन्द्रीय समिति बैठकमा नेताहरु सम्पत्ति कमाउने होडवाजीमा लागेको तथा पार्टी पुँजीपति वर्गको कव्जामा पुगेको भन्दै नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्नुपर्ने माग उठेको थियो । 

नेकपाको अनुशासन आयोगको अध्यक्ष अमृत बोहरा हुन् । यस्तै, नेकपाले २०७७ को चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । 

बैठक तीनै तहका सरकार सञ्चालनमा समन्वय गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप