दिगो विकास समितिले गर्यो ललितपुर महानगर इजलासको अनुगमन (भिडियो)
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन् । जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताए ।
स्थानीय तहहरुमा गठन भएका न्यायिक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुमगनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अफ्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराए समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । क्षेत्राधिकार भन्दा बाहिरका मुद्धाहरु बढी आउने भएकाले लक्ष्यअनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड