शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञानले पनि मान्छ बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

मङ्गलबार, २१ माघ २०७६, १० : १३
मङ्गलबार, २१ माघ २०७६

आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बुझाई र एक विशेष प्रकारको समवेदना हुन्छ । यस्ता बच्चा सधैं खुसी, मिलनसार र आफ्ना सामान बाँडेर प्रयोग गर्ने किसिमका हुन्छन् । उनीहरुमा परिवारमा बस्ने र सबैको भावनाको सम्मान गर्ने विशेष कला हुन्छ । तर आज जसरी शहर बढिरहेको छ,  हाम्रो कोठा साँघुरिँदै छ । यस्तोमा मानिसहरु एक्लै बस्न बाध्य छन् । अहिले धेरै व्यक्तिको आफ्नो सानो परिवारमा हुन्छ जसमा हजुरबुवा–हजुरआमा पाहुना बनेर आउँछन् । तर विज्ञानले पनि बच्चालाई आफ्नो हजुरबुवा–हजुरआमासँगै राख्नुपर्ने सुझाउँछ । विज्ञानलाई मान्ने हो भने जो बच्चा आफ्ना हजुरबुवा हजुरआमासँग बस्छन्, उनीहरु एक्लै बस्ने बच्चाभन्दा निकै भिन्न हुन्छन् । यसका पाँच कारणबारे जानकारी लिऔं ।

बच्चा खुसी र सुरक्षित हुन्छन्ः

यदि आमाबुवा जागिरे छन् र उक्त घरमा हजुरबुवा हजुरआमा छन् भने बच्चाको हेरविचारमा आमाबुवाले कुनै चिन्ता लिनुपर्दैन । किनभने तपाईंको आमाबुवाले तपाईंको सन्तानलाई तपाईंले भन्दा राम्रो हेरविचार र लालनपालन गरिरहेका हुन्छन् । हजुरबुवा हजुरआमाले बच्चा हुर्काउन मात्रै सहयोग गर्दैनन्, सुरक्षा पनि प्रदान गर्छन् । आजको समयमा तपाईं आफ्नो बच्चा अरु कसैसँग एक्लै छोड्न सक्नुहुन्नँ र यो अवस्थामा तपाईं आफ्नो आमा–बुवालाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ ।

आफ्नो जराबारे थाहा पाएर सिक्छन् धेरै गुणः

जब बच्चाले आफ्नो परिवारको इतिहासबारे थाहा पाउँछ र आफ्नो हजुरबुवा हजुरआमाको भावनात्मक कुरा बुझ्ने गर्छ तब बच्चामा कसैसँग पनि भावनात्मक सम्बन्ध स्थापित गर्ने गुण हुन्छ । यसो गर्दा बच्चा आफ्नो हजुरबुवा–हजुरआमाको नजिक मात्रै हुने होइन उनीहरुमा स्नेह, आदर र सेवाजस्ता मानवीय गुण विकसित हुने गर्छ । यसो हुँदा बच्चा निकै लचिलो र परिस्थिती अनुहार रहन सहन गर्न सक्छन् । साथै, बच्चाको दिमाग पनि तेज हुन्छ । उनीहरु अरुको तुलनामा स्मार्ट र परिपक्व पनि देखिन्छन् । जब बच्चाले आफ्नो परिवारको इतिहास र कठिनाईबारे थाहा पाउँछ तब उसले मुश्किल अवस्थामा पनि कसरी अघि बढ्ने र आफ्नो लडाईं लड्ने भन्नेबारे सिक्ने गर्छ ।

भावनात्मक तरिकाले बलियो हुन्छन्ः

जब बच्चाले आफ्नो हजुरबुवा–हजुरआमासँग धेरै समय बिताउँछ तब उसँग कुनै पनि भावनात्मक वा व्यवहारसम्बन्धि समस्यासँग जुध्नका लागि ऊ थप समझदार हुने गर्छ ।

पछि ठूलो भएपछि यही कुराले उसलाई कुनै पनि तरिकाको आघातको सामना गर्न सक्षम बनाउँछ । अक्सफोर्ड विश्वविद्यालयद्वारा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार हजुरबुवा–हजुरआमाको सम्पर्कमा बस्ने बच्चा एक्लोपन, चिन्ता र डिप्रेशनजस्तो समस्याबाट कम पीडित हुन्छन् । उनीहरुले जस्तो सुकै परिस्थितीमा पनि बस्न सिक्छ । उनीहरुलाई हरेक मुश्किलको हल निकाल्न आउँछ ।

सिक्छन् नैतिक गुणः

मुख्य रुपमा आमाबुवाको काम भनेको आफ्नो बच्चामा राम्रो संस्कार र नैतिकता पैदा गर्नु हो । उनीहरुलाई सहानुभूति र दया सिकाउने हो । यसमा हजुरबुवा हजुरआमाले ठूलो मद्दत गर्न सक्छन् । हजुरबुवा हजुरआमा विश्वास, प्रेम र सुरुवाती शिक्षाको स्तम्भका रुपमा कार्य गर्छन् । उनीहरुले बच्चालाई राम्रो कहानी सुनाएरै जीवनमा केही कुरा किन महत्वपूर्ण हुन्छ भनेर सिकाएका हुन्छन् । हजुरबुवा–हजुरआमाको कहानीले बच्चालाई ज्ञान दिन्छ । यी बच्चाको जीवनमा यस्ता नैतिक कहानीको राम्रो प्रभाव पर्ने गर्छ । तपाईंको बच्चा आफ्नो हजुरबुवा–हजुरआमाबाट संस्कार र नैतिकता सिकेर एक सुन्दर, समझदार र सम्मानित व्यक्तिको रुपमा विकसित हुन सक्छ ।

तपाईंका आमा–बुवा पनि खुसी र स्वस्थ हुन्छन्ः

हजुरबुवा हजुरआमाको मायाले बालबच्चामात्रै खुसी र स्वस्थ हुने होइन, नाती नातिनासँग बस्न पाउँदा हजुरबुवा हजुरआमाको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । घरमा बच्चा भएपछि तपाईंको आमाबुवाले पनि एक्लो महसुस गर्दैनन्, उनीहरुलाई खालीपन पनि महसुस हुँदैन । उमेर बढेसँगै आमाबुवा डिप्रेशन र बिर्सने बानीका शिकार हुन्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी सबै रोग एक्लोपन र खालीपन महसुस गर्दा हुन्छ । यस्तोमा तपाईंको बच्चासँग बसेर तपाईंका आमाबुवा पनि खुसी र स्वस्थ हुने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप